Madhes Khabar
स्थानिय

सर्राफकाे हत्या अभियाेगमा अहिलेसम्म पाँच नेपाली र पाँच भारतीय पक्राउ

बारा,१४कार्तिक:बाराकाे कलैया उपमहानगरपालिका-६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक ‘गुड्डु’ भनिने रुपेश सर्राफको हत्या अभियोगमा बारा प्रहरीले हालसम्म १० जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा सरार्फसँग अनैतिक सम्बन्ध राखेकी २५ वर्षिया एक महिला सहित १० जना रहेको बारा प्रहरीले जनाएको छ। उनीहरुको नाम भने बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दाधीराम न्यौपानेले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्ने १० जना मध्य पाँच भारतीय नागरिक र पाँच नेपाली नागरिक रहेका छन्।

सरार्फलाई गोली प्रहार गर्ने मुख्य ‘सुटर’ बाहेक घटनामा संलग्न रहेका अधिकांशलाई पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए।

‘अहिले सम्मको अनुसन्धानबाट खुले अनुसार घटनाको मुख्य कारण सरार्फले स्कुलको पूर्व कर्मचारी समेत रहेकी एक युवतीसँग अनैतिक सम्बन्ध राखेका कारण ती महिलाका पूर्व प्रेमी भारतीय छौडादानाे निवासीले आक्रोशमा आएर सरार्फको हत्या हुनसक्छं।’ उनले भने।

पक्राउ परेकी ती महिलासँग घटना हुनु भन्दा केही समय पहिला सरार्फले उनकै कोठाबाट भेटेर आएको र त्यही बेला देखि भारतीय प्रेमीले ‘सुटर’ सहित सरार्फलाई मार्न लगाएको उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए।

‘सरार्फलाई गोली प्रहार गर्ने भारतीयहरू थिए भने सरार्फको अवस्थाको बारेमा रेकी गर्ने नेपालीहरु थिए’ उनी भन्छन् ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ।’

हत्या गरिएका सरार्फ र आफ्ना प्रेमीसँग समानान्तर सम्बन्ध राखेकी ती महिलालाई सोमबार नै कलैया बजारबाट पक्राउ गरी अनुसन्धान गर्दा यी कुराहरु बाहिरिएको उनले बताए।

सरार्फको हत्या पछि मंगलबार बिहानै देखि कलैया बजारको पसलहरु बन्द गरिएको थियो। सरार्फको मंगलबार बिहान पसाह खोलामा अन्त्यष्टी गरिएको छ।

सोमबार दिउँसो साढे १२ बजेको समयमा सरार्फ माथि कलैयाको मदार्सा टोलमा गोली प्रहार गरी हत्या गरिएको थियो।साभार:नागरिकबाट

Related posts

वीरगन्ज महानगरको नयाँ निर्णय : मापदण्ड पालना गरेर डिप बोरिङ जडान गर्न सकिन्छ

MadhesKhabar

वीरगन्जमा भइरहेका विकास निर्माणका काममा सांसद यादवको चासाे

MadhesKhabar

भक्तपुरबाट ल्याइएका बाल कैदीहरुलाई निकालिएपछि वीरगन्ज बाल सुधार गृहको तनाव साम्य

MadhesKhabar

Leave a Comment