Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्ज महानगरको नयाँ निर्णय : मापदण्ड पालना गरेर डिप बोरिङ जडान गर्न सकिन्छ

फाइल फोटो

वीरगन्ज,१३साउन : वीरगन्ज महानगरपालिका कार्यालयले केहि शर्त पालना गरेर डिप बोरिङ जडान गर्न सकिने बताएको छ ।यसअघि साउन ५ गते वीरगन्ज महानगरपालिकाले अनाधिकृत रुपमा ४ इन्चको डिप बोरिङ जडान नगर्न आग्रह गर्दै एक सार्वजनिक सुचना जारी गरेको थियो ।

वीरगन्जमा चापकलहरु सुकेर पानीको हाहाकार भएपछि ठाँउ ठाँउमा अनाधिकृत रुपमा डिप बोरिङ जडान गर्ने क्रम बढेपछि त्यसले जमिन मुनि पानीको सतह झन तल झर्ने र थप समस्या निम्तिने विज्ञहरूको सल्लाह अनुसार महानगरपालिकाले अनाधिकृत रुपमा डिप बोरिङ जडानमा रोक लगाइएको सुचना जारी गरेको थियो ।उक्त सुचनाको अटेर गरि वीरगन्ज १६ मा डिप बोरिङ जडान गर्ने स्थानीय जयलाल साहलाई महानगरपालिकाले कारबाही गरि ५ हजार रुपैयाँ जरिबानासमेत तिराएको थियो ।

तर अहिले आएर महानगरपालिकाले महानगरपालिकाको कार्यालयबाट निर्णय गरिएका केहि मापदण्ड पालना गरेर मात्रै डिप बोरिङ जडान गर्न सकिने बताएको छ ।

महानगरपालिकाका खानेपानी महाशाखा प्रमुख भोगेन्द्र चापागाईंले महानगरले तय गगरेका केही मापदण्ड पालना गरेर डिप बोरिङ जडान गर्न सकिने बताए । उनले यसअघि जुन रूपमा डिप बोरिङ जडान भएको भएपनि अब भने महानगरपालिकाको सिफारिस अनिवार्यरूपमा लिनुपर्ने बताए । डिप बोरिङ जडान गर्दा न्यूनतम ३५० फिट पाइप जडान गनैपर्ने, डिप बोरिङ गरिएको ठाँउममा पानी रिचार्ज सेन्टर बनाउनैपर्ने, तीन सय फिट मुनि मात्र फिल्टर राख्नु पर्ने शर्त पालना गरेर मात्रै डिप बोरिङ जडान गर्न सकिने उनले बताए ।

यदि कसैले यी शर्तहरु उल्लंघन गरेर डिप बोरिङ जडान गरेमा सम्बन्धित व्याक्ति वा संस्थालाई १ लाख रुपैयाँसम्म जरिबाना गरिने निर्णयपनि महानगरले गरेको चापागाईले बताए ।

मेयर राजेशमान सिंहका प्रेस सल्लाहकार महेश दासले पनि महानगरपालिकाले तय गरेका शर्तसहित डिप बोरिङ जडान गर्न सकिने बताए । यसकालागि छुट्टै कार्यविधिपनि महानगरपालिकाले बनाएको उनले बताए ।

दासले भने,‘ साउन ५ को सुचनामापनि महानगरले अनाधिकृत डिप बोरिङ जडान कार्यमा रोक लगाएको थियो , महानगरको अनुमित लिएकालाई कुनै रोक वा प्रतिबन्ध लगाइएको थिएन , अहिले भने केहि कार्यविधी बनाइएको छ , उत्तः कार्यविधीमा उल्लेख मापदण्ड वा शर्त पालना गरेर जोकोहिले पनि डिप बोरिङ जडाान गर्न सक्छन्, शर्त पालना नगर्नेलाई एक लाख रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ ।

Related posts

वीरगन्जमा अवैध रुपमा सञ्चालित ५ वटा कलेजमा सिलबन्दी

MadhesKhabar

आज जनकपुरमा विवाहपञ्चमी महोत्सव मनाइँदै

MadhesKhabar

सिर्सिया नदी प्रदुषित गर्ने उद्योगहरुलाई वीरगन्ज महानगरद्धारा १५ लाख जरीवाना

MadhesKhabar

Leave a Comment