बारा,३ भदौं :बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालय बाराले जीतपुरसिमरा–२ का १६ वर्षीय सुमन थापा र २४ वर्षीय प्रोग्रेस चौधरीलाई सार्वजनिक गरेको हो । थापा ना १ ज ७७५८ नम्बरको म्याजिक गाडीका सहचालक (खलासी) र चौधरी उक्त म्याजिकका धनी हुन् ।
आइतबार विहान करिब साढे ८ बजेबाट बेपता भएकी गरिमाको शव घरबाट २०० मिटर नजिकैको एउटा खाली घरमा कपडामा पोको पारेर फालिएको अवस्थामा मंगलबार साँझ प्रहरीले फेला पारेको थियो ।

