Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्ज-पथलैया सडक खण्डमा माेटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिदाँ ३ जनाकाे मृत्यु

बारा,८असार:वीरगन्ज-पथलैया सडक खण्ड अन्तर्गत पर्ने बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिपरामा सोमबार साँझ भएको सवारी दुर्घटनामा पैदलयात्रीसहित तीन जनाको मृत्यु भएको छ।

जीतपुरबाट वीरगन्जतर्फ आउँदै गरेको बा ६८ प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा पैदल सडक पार गरिरहेका अन्दाजी ३५ वर्षका एक पुरुषलाई तीव्र गतिमा ठक्कर दिएको थियो। उक्त दुर्घटनामा मोटरसाइकलमा सवार दुवै युवक र पैदलयात्री गम्भीर घाइते भएका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको नेतृत्वमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरी उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल र मेडिसिटी बयोधा अस्पताल पठाएको थियो।

उपचारका क्रममा नाम, थर तथा ठेगाना नखुलेका पैदलयात्रीलाई नारायणी अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए।त्यसैगरी मोटरसाइकलमा सवार काठमाडौंको टोखा नगरपालिका निवासी अन्दाजी २० वर्षीय डिजेन जोशी र बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया निवासी २० वर्षीय सभ्य अधिकारीलाई बयोधा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

 

दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी कार्यालय जितपुरको नियन्त्रणमा रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Related posts

दिपावलीका लागि अहिलेदेखि नै मधेसका नाकाबाट पटकाको तस्करी सुरु

MadhesKhabar

सिर्सिया नदीलाई प्रदुषणमुक्त बनाउन महानगर र उद्योग वाणिज्य संघ संयुक्तरूपमा लाग्ने

MadhesKhabar

रुपेशलाई गाेली हान्ने भारतीय सुटरहरु बारामा यसअघि भएका हत्याकाण्डमा पनि संलग्न रहेकाे खुलासा

MadhesKhabar

Leave a Comment