Madhes Khabar
मधेस प्रदेश हेडलाइन

दिपावलीका लागि अहिलेदेखि नै मधेसका नाकाबाट पटकाको तस्करी सुरु

वीरगन्ज,१३भदौं : दिपावली आउन अझै दुई महिना बाँकी भएपनि अहिलेदेखि नै भारतबाट पटकाको तस्करी सुरु भएको छ । भारतको विभिन्न शहरका बजारबाट कारोबारीहरुले पटकाका मधेसका विभिन्न जिल्लाका नाका हुदै नेपालमा पटकाको तस्करी सुरु गरेका हुन् ।

यसै क्रममा सर्लाहीको मलंगवाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा पटका बरामद गरेको छ ।मलंगवा नगरपालिका– ४ गणेशियास्थित एक घरमा लुकाइछिपाइ राखेको अवस्थामा ठूलो परिमाणमा पटका बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गणका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए।

करिब २७ लाख ७७ हजार ५ सय मूल्य बराबरको विभिन्न प्रकारको पटका बरामद गरिएको खनालले बताए। भारतबाट ल्याइ नेपालको विभिन्न सहरमा पठाउनका लागि लुकाइ राखेको अवस्थामा पटका बरामद गरिएको उनलले बताए ।

Related posts

आज चैते दशैं पर्व मनाइँदै

MadhesKhabar

वीरगन्जमा घरदैलो गर्दै काँग्रेसका चौरसियाले भने : मधेसका बहुरुपियासंग सजग रहनु होला

MadhesKhabar

महानगरले फोहोर थुपारेपछि टेलिकमले थाल्यो सडक र फुटपाथ मर्मतको काम

MadhesKhabar

Leave a Comment