\
मधेसखबर
वीरगन्ज,०५ कार्तिक : पर्सा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक–बामगठबन्धनका साझा उम्मेदवार अजय चौरसियाले वीरगन्ज माहानगरमा पनि चुनावी अभियानलाई तिब्र बनाएका छन् ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका चौरसियाले दिनहु वीरगन्ज महानगरका वडाहरुमा चुनावी घरदैलो र अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम गर्दै आएका छन् । यसैक्रममा शनिबार बिहान प्रदेशसभा सदस्यमा लोसपाका उम्मेदवार रमेश कुमीीसंगै चौरसियाले वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३ का विभिन्न टोलमा चुनावी घरदैलो गरेर हरेक मतदाताको घरमा पुगेर भेटघाट गरेका छन् ।
वडा नम्बर ३ को मालपोत चोकबाट घरदैलो शुरु गरेका चौरसियाले छपकैया र प्रगतिनगरमा पनि पुगेर मतदातसंग भेट्दै गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरे । मतदातासंगको भेटमा चौरसियाले लोकतन्त्र र संविधानको पहरेदारी गर्दै आएको काँग्रेस नेतृत्वको गठबन्धन जिते मात्र लोकतन्त्र र संविधान सुरक्षित हुने भएकाले आफुहरुलाई जिताउन अनुरोध गरे ।
मधेस र मधेसी विरोधी एमालेसंग सत्ता स्वार्थका लागि घाँटी जोडेको जसपा पनि अब मधेस विरोधी दल भएको पुष्टि भइसकेकाले त्यस्ता दल र उसका उम्मेदवारसंग सजग रहन उनले मतदलातालाई सचेत पनि गराए । विगतको निर्वाचनमा सांसदमा जितेका जसपाका नेताले चुनाव जितेर गइसकेपछि क्षेत्रमा फर्किएर पनि नआएको यथार्थ जनताका सामु छर्लङग रहेको भन्दै चौरसियाले अहिले फेरि चुनावमा त्यहि दल र उसका उम्मेदवारहरु बहुरुपिया बनेर जनतालाई झुक्याउन आइरहेकाले जनता सचेत हुनु पर्ने बताए ।
शनिबारको घरदैलो कार्यक्रममा काँग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिन , पूर्ब क्षेत्रीय सभापति विजय सर्राफ , महिला नेतृ रम्भा मिश्राका साथै काँग्रेस र लोसपाका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

