Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्जमा आयोजित रक्तदान कार्यक्रममा २९५ जनाले गरे रगतदान

मधेसखबर
वीरगन्ज ,११ भदौं : वीरगन्जमा आइतबार विभिन्न संघसंस्थाले छुट्टा छुट्टै आयोजना गरेको रक्तदान कार्यक्रममा १४ महिला सहित २ सय ९५ जनााले रगत दान गरेका छन् ।

वीरगन्जबाट प्रकाशीत हुदै आएको मध्य नेपाल सन्देश पत्रिकाले सातौ वार्षमा प्रवेश गरेको उपलक्ष्यमा मध्य नेपाल मिडिया प्रालिले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ जनाले रगतदान गरेका छन् । होटल कुमु प्यालेशमा आयोजित उक्त कार्यक्रममा ४ महिला सहित ५४ जनाले रगतदान गरेको पत्रिकाकी सम्पादक कबिता खड्काले जानकारी दिइन्।

 

यसैगरि वीरगन्जबाट नै प्रकाशीत हुदै आएको वीरगन्ज सन्जाल डट कम अनलाइन पत्रिकाको चौथो वार्षिक उत्सव तथा वीरगन्ज सन्जाल पत्रिकाको प्रथम वार्षिक उत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रगत दानन गरेका छन् । घण्टाघर चोकमा आयाोेजित उक्त रक्तदान कार्यक्रममा १ महिला सहित ५१ जनाले रगतदान गरेको सम्पादक कृष्ण कुमार कुशवाहाले जानकारी दिए ।

आइतबार नै वीरगन्जमा भेन्ट्रास सिटी क्लबले मकालु होटलमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६ महिला सहित १ सय १ जनाले रगतदान गरेको रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

यस्तै वीरगन्न्जको घडीअर्वा पोखखरी परिसरमा आइतबार नै एशोसियसन अफ भेटेरेनरी प्राक्टीस्नरले आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिला सहित ४६ जनाले र मन्जु श्री फाइनान्स लिमिटेडले घण्टाघर चोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा २ महिला सहित ५३ जनाले रगतदान गरेको पाण्डेले जानकारी दिए ।

 

Related posts

मधेस सरकारमा कांग्रेसका ४ मन्त्री नियुक्त, पर्साका क्षेत्री बने भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री

MadhesKhabar

खानेपानी मन्त्रालयको हालसम्मको प्रगति र कामको विवरण पेस गर्न मन्त्री यादवको निर्देशन

MadhesKhabar

जगरनाथपुर गाँउपालिकाका बिरामीले पनि ब्लड बैंकबाट निशुल्क रगत पाउने

MadhesKhabar

Leave a Comment