Madhes Khabar
स्वास्थ्य

जगरनाथपुर गाँउपालिकाका बिरामीले पनि ब्लड बैंकबाट निशुल्क रगत पाउने

मधेसखबर
वीरगन्ज,१३ मंसिर : पर्साको जगरनाथपुर गाउँपालिकाका बिरामीले वीरगन्जको ब्लड बैंकबाट अब निःशूल्क रुपमा रगत पाउने भएका छन् ।
जगरनाथपुर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा बिच मंगलबार भएको सम्झौता अनुसार त्यस गाँउपालिकाका बिरामीकाका लागि आवश्यक पर्ने रगत ब्लड बैंकले निःशुल्क उपलब्ध गराउने भएको हो ।

सम्झौतामा जगरनाथपुरका बासिन्दालाई उपचारका लागि आवश्यक पर्ने रगत चिकित्सकको सल्लाहअनुसार प्रदान गर्न भनिएको छ भने त्यसको भुक्तानी गाउँपालिकाले नै गर्ने सम्झौता पत्रमा उल्लेख छ ।

सम्झौता अनुसार ,रगतको ब्याग, क्रसमैच, ग्रुपिङ्ग एंव परीक्षण वापत प्रति युनिट १ हजार ५० रुपैयाँ शूल्क गाउँपालिकाले नै बलड बेंकमा तिर्ने जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले बताए ।
यसअघि ठोरी गाउँपालिकाले पनि निःशूल्क रगत उपलब्ध गराउन सम्झौता गरीसकेको छ ।

Related posts

साउन महिनामा कस्तो खाना उपयुक्त ?

MadhesKhabar

वीरगन्जको नारायणी अस्पतालमा क्यान्सर बिरामीका लागि किमोथेरापी सेवा सुरु

MadhesKhabar

सखुवाप्रसाैनीलाई जिल्लाकै नमुना पालिका बनाउँछु: अध्यक्ष यादव

MadhesKhabar

Leave a Comment