Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्जको नारायणी अस्पतालमा क्यान्सर बिरामीका लागि किमोथेरापी सेवा सुरु

वीरगन्ज,१७ब‌ैशाख :वीरगन्जको नारायणाी अस्पतालमा क्यान्सरको किमोथेरापी सेवा सुरु भएको छ। भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा नारायणी अस्पतालमा क्यान्सर बिरामीका लागि किमोथेरापी सेवा सुरु भएको हो।

सातै प्रदेशमा क्यान्सर उपचार सेवालाई विस्तार गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको योजना अनुरुप गत भदौ २५ गतेदेखि नारायणी अस्पतालमा क्यान्सर ओपिडी सेवा सञ्चालन भइरहेको छ।

सात प्रदेशमध्ये मधेस र कोशी प्रदेशमा क्यान्सर उपचार सेवा प्रदान गर्नका लागि प्राविधिक सहयोग गर्ने जिम्मेवारी स्वास्थ्य मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताललाई दिएको थियो। यसअघि नारायणी अस्पतालले क्यान्सर स्क्रिनिंग तथा ओपिडी सेवा मात्रै प्रदान गर्दै आएको भक्तपुर क्यान्सर अस्पतालका निमित्त निर्देशक डा. उज्वल चालिसे बताए।

‘नारायणी अस्पतालमा क्यान्सरकाे ओपिडी परीक्षण भएपनि किमोथेरापी सहितको सेवा यसअघि सञ्चालन गरिएको थिएन’, आजदेखी सुरु भएको छ’ डा.चालिसेले भने ‘अब क्यान्सर उपचारका लागि काठमाडौं लगायत अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको छ।’

नारायणी अस्पतालमा स्तन क्यान्सरको उपचार गराइरहेकी एक महिलालाई किमोथेरापी दिएर उक्त सेवाको सुरुवात गरिएको चालिसेले बताए। आगामी दिनमा प्यालिएटिभ केयर पनि सुरुवात गरिने उनले जानकारी दिए।

भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अंकोलोजिष्ट डा. प्रभु शाहको नेतृत्वमा नारायणी अस्पतालमा किमोथेरापी सेवा सुरुवात गरिएको हाे। निर्देशक डा. चालिसेले सेवामा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

नारायणाी अस्पतालमा क्यान्सर ओपिडी सञ्चालनका लागि भक्तपुर अस्पतालले चिकित्सक पठाउँदै आइरहेको छ। एक पटकको परीक्षणमाा २०/२५ जना बिरामीले उपचार सेवा लिने गरेका छन् ।अस्पतालमा उपचारका लागि आउने बिरामीहरुमा नाक, कान घाँटीको क्यान्सर बढी देखिएको डा. चालिसेले बताए । तुलनात्मक रुपमा सूर्तीजन्य पदार्थको बढी सेवन हुने कारण नाक तथा घाँटीको क्यान्सर मधेस प्रदेशमा बढी देखिएको डा. चालिसे बताए।

Related posts

पर्सामा हैजा संक्रमण रोकथामका लागि सञ्चालित कार्यक्रमलाई निरन्तरता दिन सरोकारवालाहरुको सुझाव

MadhesKhabar

जनकपुरको लगातार दोस्रो जित, कर्णालीलाई ८ विकेटले हरायो

MadhesKhabar

चाडपर्वले वीरगन्जको ड्राइपोर्ट भन्सारको राजश्व संकलनमा सुधार

MadhesKhabar

Leave a Comment