Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

जिउतियाका व्रतालुले सुरु गरे निर्जला उपवास

वीरगन्ज,९असाेज:सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जिउतिया पर्वको दोस्रो तथा मुख्य दिन आज बिहानदेखि व्रतालु महिलाहरुले कठोर निर्जला उपवास सुरु गरेका छन् ।

आज बिहानै भगवान जितवाहनलाई दही, चिउरा, सख्खर, अमोट मिलाएर बनाइएको प्रसाद अर्पण गर्दै त्यही प्रसादसँगै दही, चिउरा, सख्खर, चिनी, केरा, स्याउलगायत ओंगठन गरी व्रतालु महिलाहरुले निर्जला एवं निराहार उपवास सुरु गरेका हुन् । जिउतिया पर्वका अवसरमा पहिलो दिन हिजाे मंगलबार नहाय खाय (नुहाएर खानु) भन्ने मान्यताअनुसार पर्व विधिवत रुपमा सुरु भएको थियाे ।

व्रत बस्नुअघि हिजाे महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर त्यही ठाउँमा घिरौलाको पातमा भगवान् जितवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रूपमा चढाइ परिवारका सबै सदस्यलाई खुवाएर आफूले पनि खाएका थिए ।

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जिउतिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व छ । जियतिया व्रतलाई पवित्र व्रतको रूपमा लिइन्छ ।

उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खर जिउतिया पनि भनिन्छ । फेरि एक पटक असफल भएकी व्रतालुले शुक्रबारी व्रत बस्न पाउँदिनन् ।

राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातजानै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जितवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकीले पौराणिक कालदेखि यो व्रत सुरु भएको कथन छ ।

Related posts

रोहिंग्यालाइ देश निकालाको माग गर्दै वीरगन्जमा हिन्दुवादीहरुको प्रदर्शन

MadhesKhabar

मधेसमा खेती गर्ने जग्गा ११ प्रतिशतले घट्यो

MadhesKhabar

पूर्व वडाध्यक्ष अहिर एमालेमा दुई दिन पनि टिकेनन् , फेरि काँग्रेसमै फर्किए

MadhesKhabar

Leave a Comment