Madhes Khabar
राष्ट्रिय हेडलाइन

नागरिकताबारे मैले निरन्तर उठाउँदै आएको माग पुरा हुँदा निक्कै खुशी छु : प्रदीप यादव

वीरगन्ज , १७ जेष्ठ : जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेलप्रति आभार व्याक्त गरेका छन्।

यसअघिकी तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुई दुईपटक अस्वीकृत गरेको नागरिकता विधेयक बुधबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य (सांसद) समेत रहेका यादवले राष्ट्रपति पौडेललाई धन्यवाद दिएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा यादवले लेखेका छन् ,‘ निरन्तर पहल र लामो संघर्ष पश्चात आज अन्ततः सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको छ । विधेयक प्रमाणीकरण गर्नुहुने सम्माननीय राष्ट्रपतिज्यूसहित संर्घामा सहयोग गर्नुभएका सबै प्रति आभार व्यक्त गर्दछु ।

लाखौँ नागरिकताविहिन युवाहरुको आवाज बनेर आफुले सदन र सडक मार्फत उठाउँदै आएको माग आज बुधबार पूरा हुँदा आँफु निक्कै हर्षित भएको यादवले बताएका छन् ।

संविधानमा उल्लेख भएअनुसार राष्ट्रपति पौडेलबाट नागरिकता विधेयक प्रमाणीकरण भएसँगै लाखौँ युवाहरुले नागरिकता प्राप्त गर्दै एउटा सुनौली भविष्य तर्फको आफ्नो यात्रा अगाडि बढाउँने विश्वास रहेको यादवले बताएका छन् ।

Related posts

स्थगित स्ववियु निर्वाचनको माग गर्दै विधार्थी संगठनहरुले ठाकुरराम क्याम्पसमा फेरि गरे तालाबन्दी

MadhesKhabar

पर्सामा बाेक्सी भन्दै दलित महिलालाई कुटपिट गरिएकाे पिडित पक्षकाे आराेप

MadhesKhabar

टिकट नपाएपछि सबै भन्दा बढि विद्रोह मधेसी दलमा

MadhesKhabar

Leave a Comment