Madhes Khabar
साहित्य

वीरगन्जमा भोजपुरी प्रतिष्ठानको आफ्नै भवन एक वर्षभित्रै निर्माण गर्ने मेयर सिंहको घोषणा

वीरगन्ज,१७साउनःवीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले भोजपुरी प्रतिष्ठानका आफ्नै भवन निर्माण गरिदिने घोषणा गरेका छन् ।

शनिबार प्रमोद पाण्डेय ‘हेरम्ब’द्वारा रचित गीताज्ञान दर्शन पुस्तकको लोकार्पण समारोहमा प्रमुख अतिथीका रुपमा बोल्दै मेयर सिंहले उक्त घोषणा गरेका हुन् ।मेयर सिंहले एक वर्षभित्रै भोजपुरी प्रतिष्ठानको आफ्नै भवन निर्माण गर्ने बताए। उनले भोजपुरी भाषा, साहित्य, संस्कृति र कलाको संरक्षण तथा प्रवद्र्धनका लागि सबैलाई सक्रिय हुन आग्रहपनि गरे। भोजपुरी भाषा आँफुहरुको पहिचान, संस्कार र लोकजीवनको अमूल्य सम्पदा भएको बताउँदै उनले भोजपुरी भाषाको उत्थानमा महानगरपालिका सदैव साथमा रहने बताए।

भोजपुरीका वरिष्ठ साहित्यकार तथा भोजपुरी प्रतिष्ठान वीरगन्जका सल्लाहकार प्रमोद पाण्डेय ‘हेरम्ब’द्वारा रचित गीताज्ञान दर्शन पुस्तकको लोकार्पण समारोहमा मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्य,प्रतिष्ठानकी अध्यक्ष अनिता साह,साहित्यकार रामप्रसाद साह, गणेश लाठ, विजयकिशोर पाण्डे, छोटेलाल साह,सतीशचन्द्र झा ‘सजल’ लगायतकाकोपनि उपस्थिती थियो ।कार्यक्रमको सहजीकरण सञ्चारकर्मी माधुरी महतोले गरेकी थिइन् ।

Related posts

सिद्धार्थ माविमा भोजपुरी कला–संस्कृति बारे प्रशिक्षण सम्पन्न

MadhesKhabar

भोजपुरी भाषामा लेखिएका दुइ पुस्तकको वीरगन्जमा विमोचन

MadhesKhabar

साहित्यिक चौतारीको वार्षिकोत्सव: वीरगन्जमा रचना वाचन तथा शुभकामना आदानप्रदान

MadhesKhabar

Leave a Comment