Madhes Khabar
साहित्य

भाषा आयाेगबाट वीरगन्जको भाेजपुरी टाइम्स पत्रिका सम्मानित

काठमाडौं,२३भदाैं:वीरगन्जबाट भाेजपुरी भाषामा प्रकाशन हुँदै आएकाे भाेजपुरी टाइम्स पत्रिका भाषा आयोगबाट सम्मानित भएको छ।आफ्नो नवौं स्थापना दिवसको अवसरमा भाषा आयाेगले भाेजपुरी टाइम्स सहित ११ मातृभाषाका पत्रपत्रिका तता त्यसका प्रकाशक र सम्पादकहरूलाई सम्मानित गरेको हाे।

काठमाडौंमा आयाेजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले देशभरिका विभिन्न भाषामा प्रकाशित पत्रपत्रिकाहरूले भाषा, संस्कार, र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका पत्रपत्रिका तथा सम्पादक र प्रकाशकहरूलाई सम्मानपत्र प्रदान गर्दै सम्मानित गरे ।

सम्मानित हुने पत्रपत्रिकामा भोजपुरी भाषामा प्रकाशित भोजपुरी टाइम्स पत्रका र त्यसका का अध्यक्ष तथा प्रबन्ध निर्देशक श्रवण प्रसाद साह, नेपाली भाषाको रचना पत्रिकाका सम्पादक रोचक घिमिरे, चाम्लिङ भाषामा प्रकाशित सितिमी पत्रिकाका सम्पादक तिलकबहादुर राई, र थारू भाषामा प्रकाशित लावा डग्गर पत्रिकाका प्रतिनिधि भूमिका थारू रहेका छन्।

कार्यक्रममा मन्त्री पाण्डेले मातृभाषा संरक्षणमा पत्रपत्रिकाहरूको भूमिकाको प्रशंसा गर्दै मन्त्रालयले यस क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

Related posts

‘गुजर रहल बा जिन्दगी’ नामक भोजपु्री कविता संग्रह पुस्तकको मेयर सिंहले गरे विमोचन

MadhesKhabar

भोजपुरी साहित्यकार गुप्ताले घोषणा गरे ‘दिनेश गुप्ता प्रतिभा पुरस्कार’

MadhesKhabar

वीरगन्जमा आयोजित ‘मधेस साहित्य महोत्सव’ मा देशभरका साहित्यकार र सर्जकहरुको जमघट

MadhesKhabar

Leave a Comment