Madhes Khabar
साहित्य हेडलाइन

आर्थिक नगरी वीरगन्जमा आयोजना हुदैं ‘मधेस साहित्य महोत्सव’

वीरगन्ज,२०चैतःदेशकै आर्थिक नगरी वीरगन्जमा ‘मधेस साहित्य महोत्सव’ आयोजना हुदैंछ । उत्कर्ष नेपालको आयोजनामा वीरगन्जमा यहि चैत २२ र २३ गते ‘मधेस साहित्य महोत्सव’ आयोजना हुन लागेको हो ।

मधेसको सामाजिक,सांस्कृतिक र साहित्यिक उन्नयनलाई प्रवद्र्धन गर्ने उदेश्यले वीरगन्जमा ‘मधेस साहित्य महोत्सव’ आयोजना गर्न लागिएको मधेस साहित्य महोत्सव आयोजन समितिका संयोजक गणेश लाठले बताए ।वीरगन्जमा बुधबार आयोजित पत्रकार सम्मेलनमा संयोजक लाठले दुई दिने ‘मधेस साहित्य महोत्सव’मा तराई–मधेसका २२ वटा जिल्लाको साहित्य,भाषा,कला र संस्कृतिलाई समेटिने बताए ।

महोत्सवमा तराई–मधेसका भोजपुरी,मैथली,अवधि,थारु,माडवारी,उर्दु ,हिन्दी भाषाका साथै नेपाली र नेवारी भाषाका साहित्यकार,कवि,कलाकार,चित्रकार,विश्लेषक,स्तम्भकार,लेखक,सर्जक लगायतले आ–आफना सृजना,कला,विचार र अनभुवहरु प्रस्तुत गर्ने उनले बताए ।उनका अनुसार,‘मधेस साहित्य महोत्सव’ मा छिमेकी मुलुक भारतका पनि साहित्यकारहरु सहभागी हुनेछन् ।
वीरगन्जस्थित मधेस विश्वविद्यालयको प्रांगणमा आयोजना हुने महोत्सवको पहिलो दिन चैत २२ गते उद्घाटन सत्रपछि साहित्य सम्बन्धि विभिन्न सत्र,कवि गोष्ठी र साँझ सांस्कृतिक साँझ आयोजना गरिने मधेस साहित्य महोत्सव आयोजन समितिकी सदस्य सलमा खातुनले जानकारी दिइन् ।यस्तै दोस्रो दिन चैत २३ गते सामुहिक किताब विमोचन,मधेसको लोककला,संस्कृति,भाषा,साहित्य सम्बन्धि विभिन्न सत्र र साँझ काव्य तथा सांगीतिक साँझ आयोजना हुने उनले बताइन् ।

पत्रकार सम्मेलनमा संयोजक लाठले आर्थिक र व्यापरिक तथा राजनीतिक आन्दोलनको केन्द्रका रुपमा चिनिएको ऐतिहासिक भूमी वीरगन्जमा अब साहित्य र संस्कृतिको प्रवद्र्धन गर्दै नवीन विचारहरुको आदान प्रदान तथा नवोदित प्रतिभाहरुलाई प्रोत्साहित गर्ने उदेश्यले ‘मधेस साहित्य महोत्सव’ आयोजना गर्न लागिएको बताए ।

लाठले भने,‘ वीरगन्ज केवल व्यपारिक शहर र आन्दोलन गर्ने थलो मात्रै होइन, यो साहित्य र कलाको उर्वर भूमीपनि हो भन्ने सन्देश दुई दिने ‘मधेस साहित्य महोत्सव’ले दिनेछ।साहित्य र कलामा वीरगन्ज मरेको छैन , अझैपनि जिन्दा छ भन्ने सन्देशपनि महोत्सवले दिनेछ।’

पत्रकार सम्मेलनमा उत्कर्ष नेपालका अध्यक्ष रितु राजले पहिलो पटक आयोजन गर्न लागिएको ‘मधेस साहित्य महोत्सव’ ले तराई–मधेसको भाषा,साहित्य,कला र संस्कृतिसहित मधेसको समग्र पहिचानलाई उजगार गर्ने अपेक्षा लिएको बताए ।

पत्रकार सम्मेलनमा ‘मधेस साहित्य महोत्सव’ आयोजन समितिका सल्लाहकार तथा मधेस विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्य,उत्कर्ष नेपालकी सचिव अन्जु महतो,जय साह,जय यादव,विवेक कर्ण लगायतकाकोपनि उपस्थिती थियो ।

 

Related posts

नागरिकता पाएपछि ´खुशीकाे सीमा नाघेकाहरुकाे` कथा

MadhesKhabar

चैत १२ भित्र निर्वाचन गराउने त्रिविको निर्देशन मान्न अटेरी गर्दै ठाकुरराम क्याम्पस

MadhesKhabar

पर्साको ठोरी : ‘पर्यटकीय क्षेत्र’ घोषणामै सीमित, मधेस सरकारले दिएन बजेट

MadhesKhabar

Leave a Comment