Madhes Khabar
स्थानिय हेडलाइन

जगरनाथपुरको प्राथमिकतामा ‘वृक्षारोपण अभियान’ : फेरि १० बिघामा रोपियो १५ हजार बढी विरुवा

वीरगन्ज,३०साउनःपर्साको जगरनाथपुर गाँउपालिकाले खाली पर्ती,खोलाको बगर,वर्षौदेखि उपयोगविहिन ऐलानी लगायतका सार्वजनिक जग्गामा वृक्षारोपण गर्ने अभियानलाई तिव्रता दिइरहेको छ ।

यसैक्रममा वडा नम्बर २ दशौंतास्थित नदिको बगर रहेको करिब १० बिघा जग्गामापनि गाँउपालिकाले शुक्रबार वृक्षारोपण गरेको छ ।वर्षौदेखि उपयोगविहिन रहेको नदिको उकास (बगर) रहेको करिब १० बिघा जग्गामा शुक्रबारदेखि वृक्षारोपण गरिएको गाँउपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले बताए ।

पहिलो दिन शुक्रबार त्यहाँ अमला,आँप,लिच्ची,कटहर,जामुन,कदम,पिपल,बर,मसला,खयर,अमला लगायत विभिन्न २७ प्रजातिका १० हजार बढी विरुवा रोपिएको उनले जानकारी दिए ।

शुक्रबारको वृक्षा रोपण कार्यक्रमको समुद्घाटन पूर्व उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले गरेका थिए ।गाँउपालिका अध्यक्ष यादवकै अध्यक्षतामा भएको शुक्रबारको वृक्षारोपण कार्यक्रममा प्रदेश सभा सदस्य शंकर चौधरी,गाँउपालिकाकी उपाध्यक्ष बबीता सिंह क्षेत्री,प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव,वडाध्यक्षहरु नेपाली,सुभाष यादव र बिहारी महत्तो नुनिया, नेपाली कांग्रेसका नेता वशीष्ठनारायण कुर्मीका साथै स्थानीयवासीकोपनि उत्साहजनक सहभागिता थियाो ।

यसअघि गत वर्ष वडा नम्बर २ दशौताकै रैनीझैनी मठको अतिक्रमित १५ बिघा ऐलानी जग्गामा गाँउपालिकाले अतिक्रमणमुक्त गराएर त्यहाँपनि विभिन्न प्रजाातिका ७ हजार बढी बिरुवा रोपेको गाँउपालिका अध्यक्ष यादवले जानकारी दिए ।त्यसअघि वडा नम्बर ४ सुहपुर सोहरीमा रहेको खोला छेउको ऐलानी ९ बिघा जग्गामापनि १० हजार बढी विरुवा रोपिएको र ती विरुवाहरु हुर्किएर अहिले त्यस स्थानमा घना जंगलको जस्तै भएको उनले बताए ।

वृक्षारोपण अभियानलाई प्राथमिकतामा राखेको जगरनाथपुर गाँउपालिका हालैमात्र संघ सरकारको वन तथा वातावरण मन्त्रालयबाट नगद पुरस्कारसहित पुरस्कृत भएको थियो ।वन तथा वातावरण संरक्षणमा देशैभरमा उत्कृष्ट कार्य गरेको भन्दै वन तथा वातावरण मन्त्रालयको रेड कार्यान्वयन केन्द्र बबरमहल काठमाडौंले गत असार ३० गते जगरनाथपुर गाँउपालिकालाई प्रथम पुरस्कार स्वरुप १ लाख २५ हजार रुपैयाँ राशीसहितको पुरस्कारले पुरस्कृत गरेको थियो ।

गाँउपाालिका अध्यक्ष यादवले आँफु जनप्रतिनिधीका रुपमा निर्वाचित भएर आएदेखि नै वृक्षारोपणलाई मुख्य प्राथमिकतामा राखेको बताए । बढ्दो जलवायु संकटसंगै मधेसमा विगतका केहिवर्षदेखि सुख्खा र खडेरीले पानीको संकटपनि बढ्दै गएकाले त्यसको दीर्घकालीन समाधान बोटविरुवा र वनजंगलको संरक्षण नै रहेको उनले बताए । त्यसैकारण पालिकामा वर्र्षौदेखि अतिक्रमित र उपयोगविहीन ऐलानी र साार्वजनिक जग्गाहरुमा वृक्षारोपण कार्यलाई आँफुले निरन्तरता दिइरहेको उनले बताए । विरुवा रोप्नुका साथै त्यसको संरक्षणका लागि घेराबारपनि गर्दै आइरहेको भन्दै उनले भने,‘यसअघि जहाँ जहाँ वृक्षारोपण गरेका थियौं , त्यहाँ अहिले गएर हेर्नु भयो भने विरुवाहरु हुर्किएर जंगलजस्तै देखिएको छ।’

Related posts

वीरगन्ज चिनी कारखाना सञ्चालन गर्न सकिने संसदीय टोलीको निष्कर्ष

MadhesKhabar

धोबिनी गाँउपालिका ४ को वडा अध्यक्षमा पत्रकार बानियाको उम्मेदवारी

MadhesKhabar

जर्जर रहेको मधेसको शिक्षालाई मधेस विश्वविद्यालयले उकास्छ : शिक्षामन्त्री यादव

MadhesKhabar

Leave a Comment