Madhes Khabar
स्वास्थ्य हेडलाइन

पटेर्वासुगौली गाँउपालिकाको सह्रानीय काम : सुत्केरी महिलालाई ‘सुत्केरी कोशेली’ वितरण

वीरगन्ज,२६बैशाखः पर्साको पटेर्वासुगौली गाँउपालिकाले आफनो पालिकमा रहेका सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामग्री सहतको कोशेली वितरण गर्न सुरु गरेको छ । पालिकामा रहेका बर्थिङ सेन्टरमा सुत्केरी गराएका महिलाहरुलाई गाँउपालिकाको कार्यालयले घीउ, मसूरको दाल, चना , बोडीको गेडा लगायतका सामग्रीसहतको सुत्केरी कोसेली वितरण गर्न सुरु गरेको हो ।

गाँउपालिकाले ‘उपाध्यक्ष सुत्केरी कोशेली वितरण कार्यक्रम’ बुधबारदेखि सुरु गरेको र पहिलो दिन वडा नम्बर ४ का ३१ जना सुत्केरी महिलालाई उक्त कोसेली वितरण गरिएको गाँउपालिकाका अध्यक्ष दिनेश चौधरीले जानकारी दिइ । घ्यु आधा केजी , मसूरको दाल २ केजी , चना १ केजी र बोडीको गेडा १ केजीको प्याकेट बनाएर सुत्केरी महिलालाई सुत्केरी कोशेलीका रुपमा वितरण गर्न थालिएको उनले बताए ।

पटेर्वासुगौली गाँउपालिकामा वडा नम्बर २ , ४ र ५ मा गरी कूल तीन वटा बर्थिङ सेन्टर छन् । ती बर्थिङ सेन्टरमा चालु आर्थिक बर्षमा पालिकाका पाँच वटै वडाका गरी ३ सय ३० जनाले सुत्केरी गराएको र उनिहरु सबैलाई सुत्केरी कोशेली वितरण गरिने गाँउपालिकाकी उपाध्यक्ष ममता चौधरीले बताइन् ।

गत निर्वाचनका बेला आँफुहरुले मतदातासंग मत माग्ने क्रममा गरेको वाचा अनुसार अहिले पालिकाले ‘उपाध्यक्ष सुत्केरी कोशेली वितरण कार्यक्रम’ सुरु गरेकोपनि उनले बताइन् ।यसका साथै बर्थिङ सेन्टर वा अस्पतालमै पुगेर सुरक्षित सुत्केरी गराउन महिलालाई प्रोत्साहित गर्र्ने उदेश्यलेपनि यो कार्यक्रम सुरु गरिएको उनले बताइन् ।यो कार्यक्रमलाई आगामी आर्थिक बर्षमापनि निरन्तरता दिने उनले बताइन् ।

Related posts

वीरगन्जको ड्राइपाेर्टमा कर्मचारी र व्यपारीकाे सेटिङमा गलत धन्दा

MadhesKhabar

वीरगन्जमा आज थप २९ जनामा हैजाको संक्रमण पुष्टि, अस्पतालमा १६१ जना बिरामी भर्ना

MadhesKhabar

मेयर सिंहको समर्थनमा वीरगन्जबासी उत्रिए सडकमा

MadhesKhabar

Leave a Comment