Madhes Khabar
राजनीति हेडलाइन

राप्रपाका नेताहरु भन्छन् : हिन्दु राष्ट्र र राजसंस्थाका लागि देशभर आन्दोलनको तयारी हुदैछ

वीरगन्ज,२९माघ : हिन्दु राष्ट्र र राजसंस्था सहितको प्रजातन्त्र स्थापनाको माग गर्दै वीरगन्जमा आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साको सुद्विकरण समितिको भेला सम्पन्न भएको छ ।

वीरगन्जको घण्टाघर चोकमा आयोजित भेलामा बोल्ने वक्ताहरुले हिन्दु राष्ट्र र राजसंस्था फर्काउनका लागि देशव्यापी रुपमा आन्दोलनको तयारी भइरहेको बताए । भेलालाई सम्बोधन गर्दै राप्रपाका पुर्व केन्द्रीय सदस्य विश्वनाथ साह तेलीले हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्र स्थापनाका निम्ति देशभरि नै आन्दोलन हुने दाबी गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकै पुर्व केन्द्रिय सदस्य शम्भु प्रसाद चौरसियाले राजा बिनाको देश र जनता अहिले टुहुरो जस्तै भएको बताए । उनले देशमा छिट्टै राजसंस्था फर्किने दाबी पनि गरे । अहिले गणतन्त्रको नाममा देशमा लुटतन्त्र भइरहेको आरोप पनि उनले लगाए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका पर्सा जिल्ला प्रवक्ता पृथक प्रसाद घिमिरेले विदेशीहरुको इसारामा केहि नेताले आफनो स्वार्थका लागि जबरजस्ति धर्मनिरपेक्ष मुलुक घोषणा गरेको र त्यसैका कारण अहिले धर्मपरिवर्तनको खेल व्यापक भइरहेको बताए ।

नेता बाबुलाल शर्माले भने हिन्दु राष्ट्र र राजसंस्थाको पुर्नस्थापनको मागलाई बुलन्द पार्न वीरगन्जमा कार्यक्रम गर्न पार्टीका जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्यायलाई आग्रह गर्दा नमानेपछि आफुहरुले यो कार्यक्रम गरेको बताए ।

 

Related posts

सार्वजनिक जग्गा र सडक अतिक्रमण गरि बनाइएका संरचना हटाउँदै वीरगन्ज महानगर

MadhesKhabar

एकैरात वीरगन्जबाट २ करोड भन्दा बढिको ३ ट्रक सामान पक्राउ

MadhesKhabar

भगवान यादवले अटेरी गरेपछि हरिखेतान क्याम्पसमा मेयर सिंहले चलाइदिए डाेजर

MadhesKhabar

Leave a Comment