Madhes Khabar
राजनीति

प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई भेटे

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं,२२चैतःप्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक)को छैटौं सम्मेलन सकिएपछि शुक्रबार थाइल्याण्डको बैंककमा उनीहरूबीच ’साइडलाइन’ भेटवार्ता भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

भेटमा द्विपक्षीय हित, सहकार्य र आपसी सम्बन्धका विषयमा छलफल भएको छ। भेटमा प्रधानमन्त्री ओलीले मोदीलाई आगामी जेठ २, ३ र ४ गते काठमाडौंमा आयोजना हुने ‘सगरमाथा संवाद’ कार्यक्रममा आउन पुन ः आग्रह गरे। यसअघि पनि परराष्ट्रमन्त्री आर्जु राणा राइसिना डायलगमा सहभागी हुन गत चैतमा नयाँ दिल्ली गएका बेला विदेशमन्त्री एस जयशंकरमार्फत प्रधानमन्त्री मोदीलाई प्रमुख अतिथिको निमन्त्रणा दिएर आएकी थिइन्।

शुक्रबार मोदीसंग ओलीको भेटमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल र परराष्ट्र सचिव अमृत राई सहभागी थिए।

ओली पछिल्लो पटक प्रधानमन्त्री भएपछि मोदीसँग दोस्रो पटक भेट भएको हो। प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच यसअघि गत असोज ६ गते अमेरिकाको न्युयोर्कमा साइडलाइन भेटवार्ता भएको थियो। उनीहरुबीच संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन अमेरिका गएका बेला भेट भएको थियो ।

मंगलबार बैंकक प्रस्थान गरेका प्रधानमन्त्री ओलीले गत बुधबार थाइल्याण्डकी समकक्षी पे थोङ थान् शिनावातसँग औपचारिक भेटवार्ता गरेका थिए।

Related posts

शपथपछि उपेन्द्र यादवले भने : सरकारमा बाँकी मन्त्री छिट्टै पठाउँछौं

MadhesKhabar

नवनिर्वाचित उपराष्ट्रपति यादवको शपथ ग्रहण आज

MadhesKhabar

रास्वपाको सरकार बने पर्साको कायापलट हुन्छ : पर्सा–२ का उम्मेदवार सुशील कानु

MadhesKhabar

Leave a Comment