Madhes Khabar
राजनीति हेडलाइन

पूर्वमन्त्री प्रभु साहलाई मन्त्री यादवको चेतावनी :वीरगन्जमा धेरै फूर्ती देखाए ठिक हुदैन

वीरगन्ज,०५माघःसंघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादवले अस्तित्व नै संकटमा परेका मधेस केन्द्रित दलहरु मोर्चा, सहकार्य र एकताको प्रयासमा लागेको टिप्पणी गरेका छन् । जनता समाजवादी पार्टी (जसपा)का उपमहासचिव समेत रहेका मन्त्री यादवले मधेस र मधेसीका अधकिारका लागि नभई आफ्नो निहित स्वार्थपूर्तिका लागि उनिहरु मोर्चा र सहकार्यको प्रयासमा लागेको बताएका हुन् ।

वीरगन्जमा शनिबार जसपा पर्साले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले व्यंग्य गर्दै भने,‘ज–जसको दोकान बन्द हुन लाग्या छ ती दल नै मधेसी दलहरुबीच सकार्य, मोर्चा र एकता गराउने भनेर अहिले लागेका छन् ।त्यसैका कारण उनिहरुको छलफल र अभियानमा जसपा सहभागी नभएको उनले प्रस्ट्याए ।

उनले भने,‘ मधेसी दलहरुबीच सहकार्य ,एकता वा मोर्चाबन्दी कुनै दल विशेषका नेतालाई चुनावमा जिताउन लागि हुनुहुदैन ।जसपाको शर्त छ –मधेस र मधेसीको अधिकार प्राप्तिका लागि मोर्चा वा सहकार्य हुनुपर्छ ।मधेस आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षालागि मधेसी दलहरुबीच सहकार्य वा मोर्चा हुनुपर्छ ।’तर अहिले सहकार्य वा मोर्चाका लागि भनेर छलफलमा जुटेका मधेस केन्द्रित दलहरुको स्वार्थ मधेस र मधेसका मुद्धा भन्दापनि आगामी निर्वाचनमा आँफु जित्नका लागि रहेको टिप्पणी उनले गरे ।

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्यसमेत रहेका मन्त्री यादवले पूर्वमन्त्री एंव आम जनता पार्टीका अध्ध्यक्ष प्रभु साहलाई लक्षित गर्दै वीरगन्ज र पर्सा जिल्लाका नेताहरुका बारे गलत शब्द प्रयोग नगर्न चेतावनीसमेत दिए ।

केहिदिन पहिला वीरगन्ज आएका पूर्वमन्त्री साहले पर्सा नेता र मन्त्रीहरुलाई चोर र दलालको संज्ञा दिदैं सार्वजनिक अभिव्यक्ति दिएका थिए ।साहको उक्त अभिव्यक्तिलाई लक्षित गर्दै मन्त्री यादवले पनि साहलाई सर्कस चलाउने सर्कसवाला नेताको संज्ञा दिए । साहले राजनीतिक दल नभई सर्कस देखाउने पार्टी खोलेको टिप्पणी गर्दै मन्त्री यादवले भने,‘ औद्योगिक नगरी वीरगन्जमा आएर चन्दा असुल्ने नियतले यहाँका व्यपारी र कर्मचारीलाई डरत्रासको धम्कीपुर्ण भाषण दिदैछन् । यो उनको पुरानो बानी नै हो ।’

तर अब वीरगन्जमा ती नेताको केहिपनि चल्न नसक्ने उनले बताए । चेतावनी दिदैं उनले भने,‘यदि वीरगन्जका व्यपारी वा कर्मचारीलाई धम्क्याएर चन्दा उठाएको जुन दिन सुनिन्छ त्यहि दिन ती नेतालाई भूईमा पछारेर छातीमा रगडी दिन्छौै, हेक्का रहोस् ।’
रौतहटबाट पर्सा वा वीरगन्जमा आएर प्यारासुटवाला नेताले बढी फूर्ती नलगाउनपनि उनले चेतावनी दिए ।उनले भने,‘जातको राजनीति गर्ने उपेन्द्र यादवको जस्तो राजनीति वीरगन्जमा चल्दैन अब । त्यसैले ती नेतालाई यहि कार्यक्रमबाट सन्देश दिन चाहन्छु कि वीरगन्ज वा पर्सामा आएर धेरै फुर्ती नलगाएकै बेस होला ।’

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट विभाजित भएर अशोक राईको नेतृत्वमा जसपा निर्माण गर्नुको कारण खुलाउदैं मन्त्री यादवले भने,‘ उपेन्द्र यादवको सत्ता लोलुपता,अवसरवादी चरित्र ,प्रइिभेट कम्पनि लिमिटेड जस्तो पार्टी चलाउने प्रवृतिबाट आजित भएर हामीले जसपा नेपालबाट अलग भएर यो पार्टी बनाउनु पर्याे।’

सत्ताको कुर्सी प्राप्तिका लागि मधेस आन्दोलनको मुद्धा पटक पटक बेच्ने नेता उपेन्द्र यादव नै भएको आरोप उनको थियो । मन्त्री यादवले भने,‘उपेन्द्र यादवले आफू नै उप्रधानमन्त्री पटक पटक बन्नका लागि मधेसका मुद्दा बेचे ।सत्तामा पुग्ने बित्तिक्कै उनले मधेसका मुद्धा बिर्सिन्छन् तर जब सत्ताबाट बाहिर आउँछन् तब फेरि मधेसका मुद्धा उचाल्छन् ।’

त्यसका कारण उपेन्द्र यादवलाई दोब्बर मतले हराएका सप्तरी–२ का जनतालाई उनले धन्यवादपनि दिए । मन्त्री यादवले जसपा नेपालका महासचिव तथा मधेसका पूर्वमूख्यमन्त्री लालबाबु राउतलाई गुलामबाबुको संज्ञा दिए । उनले भने,‘ लालबाबु होइन उनि गुलामबाबु हुन् भन्दापनि कुनै पाप लाग्दैन । किनकि मधेस प्रदेशको ७ वर्ष मुख्यमन्त्री रहदाँ लालबाबु लाचार र निरिह प्राणी थिए।जे जे उपेन्द्रले भन्थे त्यहि त्यहि लालबाबुले गर्नु नै पथ्र्यो ।’

जसपा नेपालले मधेस प्रदेश सरकारको ७ वर्ष सत्ता सम्हाल्हकै कारण अहिले मधेस बदनाम र बर्बाद भएको टिप्पणी यादवले गरे ।उनले भने,‘ कमीशनका लागि मधेसलाई बदनाम र बर्बाद बनाउने मुख्य दोषी उपेन्द्र यादव नै हुन् ।’

अब उपेन्द्र यादवको दल जसपा नेपालको लागि प्रलयको दिन आइसकेको भन्दै मन्त्री यादवले भने,‘त्यो प्रलय जसपाले नै ल्याउदैछ।’ उपेन्द्र यादव नटरवलाल् हुन् भन्ने कुरा प्रधानमन्त्री केपी ओलीले बुझिसकेकाले अब सत्तामा उनको कुनै दाल नगलने टिप्पणीपनि यादवले गरे ।

फरक प्रसंगमा जसपाका उपमहासचिव यादवले आफ्नो दल नेकपा एमाले वा अन्य दलमा समाहित हुने हल्ला निराधार भएको दाबीपनि गरे ।

जसपा पर्साका अध्यक्ष सिंगासन सा तेलीको अध्यक्षता तथा जसपाका केन्द्रिय अध्यक्ष अशोक राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जसपाकी केन्द्रीय उपाध्यक्ष सुशीला श्रेष्ठ,केन्द्रीय सदस्य तथा वीरगन्जका मेयर राजेशमान सिंह , केन्द्रिय सदस्य मोहनलाल चौधरी,जनार्दन यादव,पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारी,भीमा यादव,जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ,युवा नेता तबरेज अहमद,ईश्वरचन्द्र यादव,असलम आलम लगायतकाकोपनि सहभागीता थियो।

 

Related posts

बारा: युवतीकाे चक्करमा पुर्व सशस्त्र प्रहरी जवान सिंहकाे हत्या भएकाे खुलासा

MadhesKhabar

स्ववियु निर्वाचन : वीरगन्जका दुवै क्याम्पसमा जित्ने नेविसंघको दाबी

MadhesKhabar

अब वर्षाको समयमा पनि मेलम्चीको पानी बन्द हुने छैन : मन्त्री यादव

MadhesKhabar

Leave a Comment