Madhes Khabar
राजनीति

नेपाल शिक्षक संघ बाराको अध्यक्षमा सहनी निर्वाचित

मधेसखबर
वीरगन्ज ,१०चैत : नेपाल शिक्षक संघ बाराकाे अध्यक्षमा रामकिशाेर सहनी निर्वाचित भएका छन् ।

संघकाे नयाँ नेतृत्व चयनका लागि भएकाे निर्वाचनबाट अध्यक्षमा परमहंस यादवलाई पराजित गर्दै सहनी विजयी भएका हुन् ।बुधार भएकाे निर्वाचनको शुक्रबार साँझ घाेशीत मतणनाकाे अन्तिम परिणाम अनुसार अध्यक्षमा निर्वाचित सहनीले ११७७ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी यादवले ८७७ मत मात्रै पाएकाे निर्वाचन समितिले जनाएको छ ।

संघकाे उपाध्यक्षमा सुवासचन्द्र यादव निर्वाचित भएका छन् । यादव १०५२ मतका साथ उपाध्यक्षमा विजयी हुदाँ उनका निकटमत प्रतिस्पर्धी खड्ग बहादुर श्रेष्ठले ६४२ र अर्का उम्मेदवार विजय कुमार पाण्डेले २१८ मत पाए ।

संघकाे महिला उपाध्यक्षमा १०७३ मतका साथ अनिता चाैधरी निर्वाचित हुदाँ उनकी निकटतम प्रतिस्पर्धी रन्ना चाैधरीले ८७१ मत पाएकी छन् ।

संघकाे सचिवमा सुकेदेव यादव , सचिव(अर्थ) मा ऋषिकान्त यादव , सहसचिवमा रामविनय यादव , सहसचिव (समावेशी )मा धनीराम चाैधरी निर्वाचित भएका छन् ।

संघकाे नयाँ नेतृत्व चयनका लागि कलैया स्थित श्री ३ चन्द्र माविमा बुधबार भएकाे निर्वाचनमा कुल २२२२ मत मध्ये २०३५ मत खसेकाे थियाे ।

Related posts

किसानको हकहितका लागि जनमत पार्टी दृढ—उम्मेदवार सरार्फ

MadhesKhabar

पर्सा–४ मा लोसपाका वडाध्यक्षका प्रत्याशीसहितका दुई नेता कांग्रेस प्रवेश, रमेश रिजालले गरे स्वागत

MadhesKhabar

लोसपा नेतृ चन्दा चौधरी काँग्रेसमा प्रवेश

MadhesKhabar

Leave a Comment