Madhes Khabar
समाचार हेडलाइन

जेनजी आन्दोलनमा नक्खु कारागारबाट फरार कैदी ६ महिनापछि पर्सामा पक्राउ

प्रमोद यादव
पर्सा,१७ फागुन :गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारागारबाट भागेका एक कैदी पर्सामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको पकहाँ मैनपुर गाँउपालिका वडा नम्बर २ घर भएका ३२ वर्षीय सुनिल सहनी रहेका छन् ।

भदौं २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट भागेका सहनी ६ महिनापछि पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदिप पौडेलका अनुसार, सहनीलाई पकहाँ मैनपुर गाँउपालिका वडा नम्बर २ बाट शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

लागू औषध मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भई कैद सजाय काटिरहेका सहनीलाई विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी धोरेबाट खटिएको प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।पक्राउ परेका सहनीलाई बाँकी सजाय भुक्तानका लागि वीरगन्ज कारागारमा पठाइएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

Related posts

वीरगन्जको नारायणी क्रिकेट मैदानमा एलिट कपको तयारी तिब्र,मेयर सिंहले पनि गरे निरीक्षण

MadhesKhabar

नारायणी अस्पतालमा ३ महिनापछि बल्ल आयो एन्टी रेबिज भ्याक्सिन

MadhesKhabar

एक महिनामा ६ पटक बढ्याे पेट्रोलियम पदार्थको भाउ

MadhesKhabar

Leave a Comment