Madhes Khabar
खेलकुद हेडलाइन

वीरगन्जको नारायणी क्रिकेट मैदानमा एलिट कपको तयारी तिब्र,मेयर सिंहले पनि गरे निरीक्षण

वीरगन्ज,२८असोजःवीरगन्जको नारायणी रंगशालाको छेउमा रहेको नारायणी क्रिकेट मैदानमा आयोजना हुन गइरहेको ‘एलिट कप’ अर्थात् ‘जय शाह राष्ट्रिय प्रतियोगिता’को तयारी तिब्र गतिमा भइरहेको छ । क्रिकेट एशोसियसन अफ क्यानले आगामी पुष तेश्रोसातादेखि आयोजना गर्न लागेको राष्ट्रियस्तरको प्रतियोगिताका लागि नारायणी क्रिकेट मैदानमा पिच,आउटफिल्ड लगायतका भौतिक तयारी तिब्र गतिमा भइरहेको हो ।

पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहका अनुसार, उक्त प्रतियोगितामा राष्ट्रिय टिमका खेलाडीहरु सम्मिलित चार वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् । राष्ट्रिय स्तरको प्रतियोगिताका लागि नारायणी क्रिकेट मैदानमा बंगलादेशबाट आएका अनुभवी एंव विशेषज्ञ टाोलीले पिच र आउटफिल्ड तयार पारिरहेको अध्यक्ष सिंहले जानकारी दिए ।

यसैक्रममा वीरगन्ज महानगरका मेयर राजेशमान सिंहलेपनि तयार भइरहेको क्रिकेट मैदानको स्थलगत निरीक्षण गर्दै प्रतियोगितका लागि तयार भइरहेको क्रिकेट मैदान,प्रतियोगिता आयोजनाको तयारी र व्यवस्थापन लगायतका विषयमा पर्सा क्रिकेट संघका पदाधिकारी र मैदान तयार पारिरहेका प्राविधिकहरुसंग जानकारी लिएका छन् ।

क्रिकेट मैदानको स्तरोन्नत्तीका लागि वीरगन्ज महानगरपालिकालेपनि सहयोग गरेको भन्दै अध्यक्ष सिंहले गत शनिबार राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा क्यानका क्रिकेट म्यानेजर विनोद दासले पनि वीरगन्ज आएर क्रिकेट मैदानको स्थलगत निरीक्षण गर्दै तयारी बारे जानकारी लिएका थिए ।

Related posts

नेपालको लगातार तेस्रो हार,अमेरिकासंग ४ विकेटले पराजित

MadhesKhabar

अवैध रूपमा सञ्चालित ग्यालेक्सी स्कुलमा वीरगन्ज महानगरको सिल

MadhesKhabar

राजस्थान रोयल्स आइपिएलको फाइनलमा

MadhesKhabar

Leave a Comment