Madhes Khabar
खेलकुद

नेपालको लगातार तेस्रो हार,अमेरिकासंग ४ विकेटले पराजित

काठमाडौं,१५कात्तिक : आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृङ्खलाको तेस्रो खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको छ।

 

दुबईको आइसिसी एकेडेमी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९.५ ओभरमा अल आउट हुँदै २७१ रन बनाएको थियो।

नेपालले दिएको २७२ रनको विजयी लक्ष्य पछाएको अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाउँदै २७३ रन बनाउँदै लक्ष्य पूरा गरेको हो।

 

अमेरिकाका लागि मिलिन्द कुमार र साइतेजा मुक्कामल्लाले १२३ रनको साझेदारी गर्दै अमेरिकालाई जितको बाटोमा डोर्‍याएका थिए।

४२.५ ओभरमा सन्दीप लामिछानेको बलिङ स्पेलमा मिलिन्त कुमारले ७० रन बनाउँदै भीम सार्कीको हातमा क्याच भए।

व्यक्तिगततर्फ साइतेजा मुक्कामल्लाले सर्वाधिक ७५ रन बनाए। उनले १०१ बलमा २ चौका र १ छक्का प्रहार गरे। ४५.२ ओभरमा उनी करण केसीको बलमा कुशल भुर्तेलको हातमा क्याच भए।

अमेरिकाका ओपनरद्वय स्मिथ पटेल र शयान जहांगिरले क्रमश: १६ र ३६ रन बनाए। कप्तान मोनांक पटेलले २१ रन बनाए। शुभम रन्जानीले १९ रन बनाउँदा सञ्जय कृष्णमूर्ति १५ र हर्मित सिंह १३ रनमा अभिजित रहे।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। गुल्शन झा, करण केसी र नन्दन यादवले १-१ विकेट लिए।

पहिलो इनिङमा ब्याटिङ गरेको नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ७५ रन बनाए। उनले ६७ बलमा २ चौका र ३ छक्का प्रहार गरे।

ओपनर ब्याटर कुशल भुर्तेलले ४७ रन बनाउँदा अर्का ओपनर आसिफ शेख २ रनमै बोल्ड आउट भए।

तेस्रो क्रममा आएका भीम सार्कीले ४३ र कप्तान रोहित पौडेलले ३६ रन बनाए। करण केसीले महत्त्वपूर्ण ४९ रनको इनिङ्सले नेपाललाई २७० को आँकडा भेटाउन सहयोग गर्‍यो। सन्दीप लामिछाने ४ रनमा जित रहँदा ललित राजवंशी १ रनमा रनआउट भए।

अमेरिकाको लागि हर्मित सिंहले सर्वाधिक ३ विकेट लिए। सौरभ नेत्रवल्कर र नोस्तुस केन्जीगीले समान २-२ विकेट लिए। जसदीप सिंह र शुभम रञ्जनेले १-१ विकेट लिए।

नेपालले जारी श्रृङ्खलाको पहिलो खेलमा अमेरिकासँग १०६ रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपाल युएईसँग ५ विकेटले पराजित भयो।

लिग २ को तालिकामा हाल अमेरिका शीर्ष स्थानमा रहेको छ। २३ खेलमा १७ जित र ६ हारसहित अमेरिकाले ३४ अङ्क जोडेको छ। नेपाल भने १९ खेलबाट ५ जित र १२ हार तथा २ खेलमा अङ्क बाँड्दा १२ अङ्कसहित सातौँ स्थानमा रहेको छ।

Related posts

तेश्राे वान डे मा वेस्ट इन्डिजलाई हराउदैं भारतले जित्याे सिरिज

MadhesKhabar

वीरगन्ज युनाईटेड क्लब परवानीपुर गोल्डकपकाे सेमिफाइनलमा

MadhesKhabar

आईपीएल : दिल्लीका कप्तान ऋषभ पन्तलाई भारु ३० लाख जरिवाना

MadhesKhabar

Leave a Comment