Madhes Khabar
शिक्षा हेडलाइन

अवैध रूपमा सञ्चालित ग्यालेक्सी स्कुलमा वीरगन्ज महानगरको सिल

वीरगन्ज,२७चैत: वीरगन्जमा अवैधरूपमा सञ्चालित ग्यालेक्सी सेकेन्डरी स्कुलमा वीरगन्ज महानगरपालिकाले सिलबन्दी गरेको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शटोलमा रहेको उक्त स्कुलमा बुधबार महानगरपालिकाको टोलीले सिलबन्दी गरेको हो।

विद्यालयले आफ्नो विद्यालयमा भर्ना भएका विद्यार्थीहरुको अध्ययनमा ध्यान दिनुपर्नेमा अवरोध गर्नुका साथै वार्षिक परीक्षा सञ्चालनमा समेत अवरोध गरेको थियो । यसका साथै व्यवसाय कर, घर बहाल कर, एकिकृत सम्पत्ति कर लगायतका कर नबुझाएको, विद्यालय अनुमति पत्र नविकरण नभएको, इमिस अध्यावधिक नरहेको, पटक पटक कागजात माग्दा विवरण उपलब्ध नगराएपछि बुधबार विद्यालयको मुल गेटमा सिलबन्दी गरेको महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिए ।महानगरपालिकाले अनुमति नलिई अवैध रूपले संचालनमा रहेका अन्य विद्यालयलाई पनि कारबाही गर्दै आएको छ।

सिलबन्दी गर्न मेयर राजेशमान सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत सृजना बुढाथोकी, नगर प्रहरी इन्चार्ज हरि प्रसाद भुषाल एवं संचारकर्मीसहितको टाेली ग्यालेक्सी स्कुलमा पुगेको थियाे।

Related posts

घडिअर्वाको रामजानकी मन्दिर फेरि पूजारीको कब्जामा पर्न नदिन स्थानीयबासी एकजुट,तदर्थ समिति गठन

MadhesKhabar

वीरगन्जको भवानीपुरमा नवनिर्मित बर्थिङ सेन्टरमा २४ सै घण्टा प्रसूती सेवा सञ्चालन

MadhesKhabar

लाेसपा वरिष्ठ नेता राजेन्द्र महत्ताे पर्सा ३ बाट सिफारिस

MadhesKhabar

Leave a Comment