Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

घडिअर्वाको रामजानकी मन्दिर फेरि पूजारीको कब्जामा पर्न नदिन स्थानीयबासी एकजुट,तदर्थ समिति गठन

वीरगन्ज,२१ असोजः वीरगन्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वास्थित रामजानकी मन्दिर पूजारीको कब्जामा पर्नबाट जोगाउन स्थानीयवासी एकजुट भएका छन् ।त्यसैक्रममा मंगलबार घडिअर्वामा बसेको स्थानीयबासीको भेलाले रामजानकी मन्दिर सञ्चालन तथा व्यवस्थापनका लागि ११ सदस्यिय तदर्थ समिति गठन गरेको छ ।

वडाध्यक्ष सुशील साह कानु प्रमुख संरक्षक रहेको उक्त तदर्थ समितिमा विदूर प्रसाद कलवार, नन्दु साह कानु,हरिा साह कानु,प्रकाश सिंह, राजु साह तुराहा,मनोहर साह, प्रभाकर गुप्ता,अंगद साह कानु, मुन्ना साह,सन्तोष मरहठ्ठा र क्रान्ति शाह रहेका छन् ।

नवगठित तदर्थ समितिले मन्दिर कब्जामा लिन पूजारी शम्भुनाथ तिवारीले फेरि गरिरहेको चलखेल निस्तेज पार्ने समितिका सदस्य मनोहर साहले बताए । साथै अब रामजानकी मन्दिरको सञ्चालन र व्यवस्थापन लगायत सबै स्वामित्व समितिले नै लिनेपनि उनले बताए ।

समितिका अर्का सदस्य प्रभाकर गुप्ताले भने,आज गठित तदर्थ समितिका बारेमा औपचारिक रुपमा वीरगन्ज महानगरपालिकाका मेयर साबलाई जानकारी गराउँछौं । त्यसपछि समिति मेयर साबले दिने निर्देशनका आधारमा समिति अगाडि बढ्छ । यो मन्दिर हामी वीरगन्जबासीको साझा धरोहर हो । यसलाई कसैको कब्जामा पर्न दिदैनौं । चाहे त्यसका लागि जस्तो सुकै मूल्य चुकाउन किन नपरोस् ।

आँफू मन्दिरको पुजारी हुँ भन्दै शम्भुनाथ तिवारीले ३० वर्षदेखि मन्दिरको प्रवेशद्वार नै थुनेर मन्दिरकै जग्गा अतिक्रमण गरि त्यसमा पक्की संरचनाको सटरहरु निर्माण गरि सटर भाडामा दिएर भाडा असुली गर्दै आएका थिए ।तर अढाई वर्षपहिले अर्थात २०७९ चैत २५ गते वीरगन्ज महानगरपालिकाले मन्दिरलाई बन्धक बनाएर निर्माण गरिएका पक्की संरचनाका सटरहरु भत्काएर मन्दिरलाई अतिक्रमणमुक्त बनाएर सौन्दर्यकरण गरेको थियो ।त्यसपछि सर्वसाधरणका लागि पूजापाठ र दर्शन गर्न मन्दिर खुल्ला भएको थियो ।

तर जेजनीको आन्दोलन भएको मौका छोपेर पूजारी तिवारीले मन्दिर फेरि आफ्नो कब्जामा लिनका लागि चलखेल गरेपछि घडिअर्वाका युवाहरुले शुक्रबार बिहान मन्दिरमा पुगेर पूजारी तिवारीको प्रतिवाद गरेका थिए । मन्दिर पुन कब्जामा लिन तिवारीले मन्दिरको पर्खाल तोडेर छेउकै आफ्नो निजी घरमा छिर्न गेट बनाउने काम सुरु गरेका छन् ।

२०७९ चैत २५ मा वीरगन्ज महानगरपालिकाले घडिअर्वा स्थित ऐतिहासिक रामजानकी मन्दिरको प्रवेशद्वार नै थुनेर मन्दिरको जग्गा अतिक्रमण गरि बनाइएको पक्की घर भत्काएर हटाएको थियो ।घडडिअर्वा पोखरीको मूलद्वार सामुन्ने रहेको रामजानकी मन्दिरमा भएको अतिक्रमण त्यसदिन मेयर राजेशमान आफै पुगेर डोजर लगाएर हटाएका थिए ।त्यसपछि महानगरले मन्दिरमा सौन्दर्यकरण गरेर भारतबाट बहमुल्य भगवान् राम,सीता र हनुमानको मुर्ती ल्याएर राख्न लगाएको थियो ।

आफू मन्दिरको पुजारी हुँ भन्दै शम्भुनाथ तिवारीले महानगर विरुद्ध मन्दिर अतिक्रमण तथा तोडफोड गर्न नदिन माग गर्दै उच्च अदालत अस्थायी इजलाश वीरगन्जमा रिट दिएका थिए । तर उक्त रिट अदालतबाट अस्वीकार भएसँगै महानगरपालिकाले कथित पुजारी तिवारीले मन्दिर नै बन्धक बनाउने गरि निर्माण गरेको पक्की संरचना डोजर लगाएर भत्काएको थियोे ।

२०७९ फागुन ४ मा पुजारी तिवारीकै पक्षमा जारी भएको अन्तरिम आदेश खारेजीको माग गर्दै महानगरपालिकाले अदालतमा निवेदन दिएकोमा २०७९ चैत २४ मा न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्ता सेढाई सापकोटाको संयुक्त इजलासले महानगरकै पक्षमा आदेश दिएसँगै त्यसको भोलिपल्ट नै मन्दिरको अतिक्रमण हटाइएको थियो ।

Related posts

गढीमाई मेलाका अवसरमा मधेस प्रदेशमा सार्वजनिक बिदा

MadhesKhabar

वीरगन्जमा नेपाल र भारतका प्रभावशाली नेता र बुद्धिजीविहरूको जमघट हुदैं

MadhesKhabar

बहुदरमाई नगरपालिकामा ७ महिनादेखि चल्दै आएको विवाद दुवै मन्त्रीको पहलमा सल्टाइयो

MadhesKhabar

Leave a Comment