जनकपुरधाम,१८मंसिरःबाराको महागढीमाई नगरपालिकाको बरियापुरमा लागेको पञ्चवर्षिय गढीमाई मेलाका अवसरमा मधेस प्रदेश सरकारले मंसिर २३ गते आइतबारका दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
बुधबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विश्वप्रसिद्ध गढीमाई मेलाको विशेष पूजा हुने दिन मंसिर २३ गते मधेस प्रदेशमा सार्वजनिक बिदा दिनृ निर्णय गरेको हो ।
मुख्यमन्त्री सतिशकुमार सिँहले गढीमाई प्रति लाखौं श्रद्धालुभक्तजनहरूको गहिरो आस्था र दृढ विश्वास रहँदै आएकाले र प्रदेशको धरोहरको रूपमा स्थापित गढीमाई मेलामार्फत घरेलु पर्यटन विकासलाई थप बलियो बनाउने गरी मंसिर २३ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको बताए ।

