Madhes Khabar
धर्म/संस्कृति

गढीमाई मेलाका अवसरमा मधेस प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाम,१८मंसिरःबाराको महागढीमाई नगरपालिकाको बरियापुरमा लागेको पञ्चवर्षिय गढीमाई मेलाका अवसरमा मधेस प्रदेश सरकारले मंसिर २३ गते आइतबारका दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

बुधबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विश्वप्रसिद्ध गढीमाई मेलाको विशेष पूजा हुने दिन मंसिर २३ गते मधेस प्रदेशमा सार्वजनिक बिदा दिनृ निर्णय गरेको हो ।

मुख्यमन्त्री सतिशकुमार सिँहले गढीमाई प्रति लाखौं श्रद्धालुभक्तजनहरूको गहिरो आस्था र दृढ विश्वास रहँदै आएकाले र प्रदेशको धरोहरको रूपमा स्थापित गढीमाई मेलामार्फत घरेलु पर्यटन विकासलाई थप बलियो बनाउने गरी मंसिर २३ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको बताए ।

 

Related posts

जनकपुरमा मांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्री सिंहको चेतावनी

MadhesKhabar

चैती छठकाे मुख्य दिन आज `सँझिया घाटे´ सूर्य भगवानलाई अर्घ दिइदैं

MadhesKhabar

नेशनल मेडिकल कलेजद्वारा पर्सा र बाराका यतिमखानाका बालबालिकालाई कपडा वितरण

MadhesKhabar

Leave a Comment