Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जमा राम उत्सव : माईस्थानमा बालियाे सवा लाख दीयाे, घडिअर्वामा डेढ घण्टासम्म आतीशबाजी

वीरगन्ज,०८माघ: भारतकाे अयाेध्यामा नवनिर्मित राम मन्दिरकाे उद्घाटन भएको खुशीयालीमा वीरगन्जमापनि साेमबार बेलुकी सवा लाख दीयाे बालेर दीपाेत्सव गरिएको छ ।यसकासाथै महागनगरबासीलेपनि स्वस्फूर्त रुपमा घरघरमा दीप प्रज्वलन गरी दीपावलीपनि मनाएका छन् ।
वीरगन्जको माईस्थानस्थित गहवामाई मन्दिर प्राङ्गणमा विश्व हिन्दु परिषदकाे आयाेजनामा १ लाख २५ हजार दीयाे बालेर भव्य दीपाेत्सव मनाइएको हाे।दीपाेत्सवकाे समुद्घाटन संघीय सरकार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले गरेका थिए।
यस्तै हिन्दु परिषद र वीरगन्ज महानगरपालिकाकाे आह्वानमा महानगरका हरेक घरघरमा दीयाे बालेर दीपावलीपनि मनाइएको छ।यस्तै वीरगन्जकाे घडिअर्वामा साेमबार नै बेलुकी १ घण्टा ३० मिनेटसम्म लगातार आकाशमा पटाका पड्काएर आतीशबाजीपनि गरिएको थियाे।
यसअघि साेमबार दिउँसाे हिन्दु परिषदकाे आयाेजनामा भगवान् श्रीराम कथा वर्णनसहितकाे भव्य झाँकीपनि निकालिएको थियाे।गीतामन्दिर नजिकबाट सात वटा ट्रकमा भगवान् श्रीरामकाे जन्मदेखी वनबासबाट अयाेध्या फिर्तीसम्मकाे कथा वर्णन गरिएको झाँकी राखेर नगर परिक्रमा गराइएकाे थियाे ।
यस्तै साेमबार नै  वीरगन्ज १० घडिअर्वास्थित ७५ वर्ष पुरानाे रामजानकी मन्दिरमा भगवान् श्रीराम, सीता र हनुमानकाे मुर्तिकाे प्राण प्रतिष्ठापनि गरिएको थियाे ।प्राण प्रतिष्ठाकाे पूजापाठमा वीरगन्ज महानगरका मेयर राजेशमान सिंह आँफै सहभागी भएका थिए।त्यसअघि बिहान घडिअर्वा पाेखरी परिसरबाट निकालिएको कलश यात्राले नगर परिक्रमा गरेकाे थियाे ।
अयाेध्याकाे राम मन्दिर उद्घाटनकै अवसरमा साेमबार वीरगन्जसहित पर्सा जिल्लामा रहेका हरेक मठमन्दिरमापनि विशेष पूजापाठ र आरती गरेर राम उत्सव मनाइएको विश्व हिन्दु परिषदका संयाेजक सन्जय सर्राफले बताए ।

Related posts

अशोकवाटीकाको शीवपार्वती मठमा वडाध्यक्ष कानुले दिए साउण्ड सिस्टम

MadhesKhabar

सुर्या हस्पिटलमा पनि डेट एक्सपायर औषधी भेटिएको महानगरको अनुगमन समितिद्वारा जानकारी

MadhesKhabar

पर्सामा राष्ट्रिय भूमि आयोगको काममा सहयोग गर्ने दलहरुको प्रतिबद्धता

MadhesKhabar

Leave a Comment