Madhes Khabar
समाचार हेडलाइन

दुर्घटनामा परेको हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु

फाइल तस्बिर ।

काठमाडौं,२३ साउनः काठमाडौंबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु भएको छ । बुधबार दिउँसो १ बजेर १४ मिनेटमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट ४ जना चिनियाँ पर्यटक ु लिएर उडेको उक्त हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर डाँडामा दुर्घटना हुँदा हेलिकप्टरमा सवार क्याप्टन र चार चियिाँ पर्यटकसहित सबै पाँच जनाको मृत्यु भको हो ।

गुर्जेभन्ज्याङको अस्थायी प्रहरी पोस्टका हवल्दार राजन खत्रीका अनुसार दुर्घटनास्थलमा ४ पुरुष र १ महिलाको शव फेला परेको छ । उनले भने, ’हेलिकप्टर खोल्सामा परेको छ । शव निकाल्न गाह्रो भइरहेको छ ।’

उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए भने ४ जना चिनियाँ पर्यटक स्याफ्रुबेंसी जाँदै थिए । एयर डाइनेस्टीको ४ चिनियाँ पर्यटक छाडेर फेरि विदेशी नागरिक ल्याउने तालिका बनाएको थियो ।प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको थियो ।

दुर्घटनाको कारणबारे पत्ता लागेको छैन । उक्त उडान हुँदा भिजिविलिटी ५ किलोमिटर तथा सामान्य रहेको थियो ।साभार ः ईकान्तिपुर

 

Related posts

वन मन्त्रालयका काम कारवाहीलाई थप प्रभावकारी बनाउँछौँ : मन्त्री यादव

MadhesKhabar

वीरगन्जमा आयाेजित आकस्मिक रक्तदान कार्यक्रममा ३० जनाद्वारा रगत दान

MadhesKhabar

भेडाहा खोलाबाट बालुवा तस्करी गर्ने तीन वटा ट्यक्टर प्रहरीको नियन्त्रणमा

MadhesKhabar

Leave a Comment