Madhes Khabar
स्थानिय हेडलाइन

पर्सामा एक महिनादेखि आतंक मच्चाएकाे बाघ नियन्त्रणमा

वीरगन्ज,१ चैत:पर्साकाे ग्रामीण भेगमा विगत एक महिनादेखि आतंक मच्चाउँदै आएकाेमध्येकाे एउटा बाघलाई नियन्त्रणमा लिइएको छ।

तीनवटा हात्ती सहित विगत १० दिन देखि खटिएको पर्सा र चितवन राष्ट्रिय निकुञ्जकाे प्राविधिक टाेलीले बिहीबार दिउँसो भाले पाटे बाघलाई डाट हानेर बेहाेश पारी नियन्त्रणमा लिएको हाे।

दुवै निकुञ्जका प्राविधिक र डिभिजन वन कार्यालय पर्साकाे संयुक्त टाेलीले सखुवा प्रसाैनी गाँउपालिका वडा नम्बर २ स्थित उखुबारीबाट उक्त बाघलाई डाट हानेर लठ्याएर नियन्त्रणमा लिएको सब डिभिजन वन कार्यालय रंगपुरका प्रमुख कपिलदेव यादवले जानकारी दिए।

एउटा भाले र एउटा पाेथी बाघले पर्साकाे सखुवा प्रसाैनी र पटेर्वा सुगाैली गाँउपालिकाका विभिन्न गाँउमा विगत एक महिनादेखि आतंक मच्चाउँदै आएकाे थियाे ।बाघकाे आक्रमणबाट एक जनाकाे मृत्युु भएकाे थियाे भने एक जना घाइतेपनि भएको थियाे ।राष्ट्रिय वन क्षेत्र नजिकका ती गाँउमा उक्त बाघले दर्जनाैं चाैपायापनि मारेकाे थियाे ।

डिभिजन वन कार्यालय पर्साका प्रमुख हेमन्त प्रसाद साहका अनुसार, उक्त बाघलाई नियन्त्रणमा लिन दुवै निकुञ्जका १० जना प्राविधिक र वन कार्यालयका ५ जना गरी १५ जनाको टोली तीन वटा हात्तीका साथ विगत १० दिनदेखि खटिएपनि सफलता पाउन सकेकाे थिएन ।बाघ लुकेर बसेक सम्भावित स्थानहरुमा उक्त टाेलीले सिसिटिभी क्यामेरापनि जडान गरेको थियाे।

ती दुवै बाघ उखु र मकैबारीमा लुक्दै ठाउँ सर्दै हिडेका कारण १० दिनसम्म निकुञ्जको टाेलीले फेला नै पार्न सकेकाे थिएन।तर बुधबार राति सिसिटिभी क्यामेरामा रेकर्ड भएकाे फुटेजका आधारमा बिहीबार दिउँसो सखुवा प्रसाैनी २ काे उखुबारीमा दुईमध्ये एउटा बाघ लुकेर बसेकाे अवस्थामा फेलापरेपछि डाट हानेर बेहाेश पारी उक्त १८ महिनाकाे भाले बाघलाई नियन्त्रणमा लिन सफल भएकाे यादवले बताए ।अर्को पाेथी बाघ भने अझै फेला पर्न नसकेको उनले बताए ।

बिहीबार दिउँसो नियन्त्रणमा लिएको बाघलाई खाेरमा राखेर गाडीमा लाेड गरि चितवन राष्ट्रिय निकुञ्जको टाेलीले लिएर गएकाे यादवले बताए ।

बाघ नियन्त्रणका लागि १० दिन लगातार खटिएको निकुञ्ज र वन कार्यालयकाे टाेलीकाे व्यवस्थापन सखुवा प्रसाैनी गाँउपालिका कार्यालयले गरेकाे गाँउपालिका अध्यक्ष यशवन्त यादवले जानकारी दिए।यसमा सखुवा प्रसाैनी गाँउपालिका वडा नम्बर २ का वडाध्यक्ष चिरञ्जीवी महत्ताे थारुकाेपनि सहयाेग रहेकाे उनले बताए ।

Related posts

वीरगन्ज १० मा वडाअध्यक्षकाे पहलमा बाेरिङ जडान भएपछि स्थानीयवासी हर्षित

MadhesKhabar

नारायणी रंगशालाकाे पुनर्निमाणका लागि खेलकुदमन्त्री चाैधरीले दिए आश्वासन

MadhesKhabar

उपभोक्ताकाे ढाड सेक्ने सरकारकाे नीति: आलु प्याज र फलफुलमापनि अब भ्याट लाग्ने

MadhesKhabar

Leave a Comment