Madhes Khabar
स्थानिय

वीरगन्ज १० मा वडाअध्यक्षकाे पहलमा बाेरिङ जडान भएपछि स्थानीयवासी हर्षित

वीरगन्ज,२२असार: वीरगन्ज महानगरपालिका वडा नम्बर १० काे घडीअर्वा र रानीघाटमा खानेपानीको समस्या समाधान गर्न वडाअध्यक्षाे पहलमा बोरिङ जडान भएपछि स्थानीय हर्षित भएका छन् ।

पछिल्लो समय बढेको गर्मीसँगै समयमा बर्षात नहुँदा जमिनमुनि सतहको पानी सुक्दा चापाकलहरूमा पानी आउन छोडेपछि अचानक आएको खानेपानीको समस्यालाई समाधान गर्न बोरिङ जडान भएपछि वडावासी हर्षित भएका हुन् ।

वडाअध्यक्ष सुशील साह कानुले वडा स्तरीय बजेटबाट रानीघाट र घडिअर्वा टोल गरी दुई स्थानमा बोरिङ जडान गराएका हुन् । ‘अहिले पहिलो चरणमा वडाका दुई स्थानमा बोरिङ जडान गरेको छु । दोस्रो चरणमा ठाउँ ठाउँमा पाइप मार्फत त्यसको पानी पुर्‍याउने व्यवस्थापन गर्नेछौँ,’ वडाध्यक्ष कानुले भने ।

चापाकलहरु सुकेको कारण वडामा पर्ने घडिअर्वा र रानीघाट टोलका लगभग १ सय घरधुरीलाई खाने पानीको चरम समस्याको सामना गर्नुपरेको थियो । दैनिक रूपमा नभई नहुने कामका लागि उनीहरू टाढाबाट पानी ल्याएर काम गर्न बाध्य थिए । स्थानीयको उक्त समस्यालाई देखेर वडाध्यक्ष कानुले तदारुकताका साथ बोरिङ जडानको कार्य अगाडि बढाएका थिए ।

पानीको समस्याले जिल्लाका अन्य स्थानका बासिन्दा पनि पीडित भइरहेको बेला वडाअध्यक्ष कानुले गरेको बोरिङ जडानको सबैले प्रशंसा गरेका छन् ।

वडाअध्यक्ष कानुले बोरिङ जडान भए पनि पानीको प्रयोग गर्दा ध्यान पुर्‍याउन आग्रह गरे । ‘हामीले पानीको महत्त्व बुझ्न जरुरी छ । आज यस्तो समस्या आएको छ, हामीले आफ्नो बानीमा सुधार गरेनौँ भने भोली अझै ठूलो समस्या आउन सक्छ,’ उनले भने । उनले वडामा पानीको समस्यालाई समाधान गर्न वृक्षारोपण कार्यलाई पनि आफूले प्राथमिकता दिएको बताए ।

Related posts

वीरगन्जमा इन्टरनेट,केबल लगायतका अव्यवस्थित तार व्यवस्थापन गर्न १५ दिने अल्टिमेटम

MadhesKhabar

कसैकाे दबाबमा नपरि काम गर्न वडासचिवहरुलाई उपमेयर आलमकाे निर्देशन

MadhesKhabar

विद्यार्थीलाई आत्मनिर्भर बनाउन वीरगन्जमा रात्री साँस्कृतिक तथा खाना मेला

MadhesKhabar

Leave a Comment