Madhes Khabar
स्थानिय हेडलाइन

रौतहटमा रास्वपाका उम्मेदवार चढेको गाडीको ठक्करबाट नाबालिकाको मृत्यु

रौतहट,२२माघः रौतहटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सगिर आलम चढेको गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको छ।

बालिकालाई ठक्कर दिएपछि गाडीमा सवार उम्मेदवार सगिर आलम र सवारी चालक घटनास्थलबाट फरार भएका छन्। रौतहट प्रहरीले गाडी नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सिताराम रिजालले बताए।रौतहटको ईशनाथ नगरपालिका–४, मठिया टोलकी करिब ४ वर्षीया नाबालिका खातुनको सवारी दुर्घटनामा ज्यान गएको पुष्टि भएको छ। मृतक नाबालिका सोही स्थानका बासिन्दा शेख साजिरकी छोरी हुन्।

बा. १५ च ४२४४ नम्बरको क्रेटा गाडीले बालिकालाई ठक्कर दिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको र दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी उपरिक्षक रिजालले जानकारी दिए।साभारःअन्नपूर्णपोष्ट

Related posts

गाैर हत्याकाण्डकाे छानबिन गरी दाेषीलाई कारबाही गर्न सरकार सहमत

MadhesKhabar

पर्सामा राैनियार युवा समाज गठन

MadhesKhabar

जन्मदिन ,वैवाहिक वर्षगाँठ जस्ता उत्सवहरु समाज सेवा गरेर मनाउने चलन बढ्दै

MadhesKhabar

Leave a Comment