
मधेसखबर
वीरगन्ज, १४ साउन : पछिल्लो समय युवा पुस्तामा जन्मदिन , वैवाहिक वर्षगाँठ जस्ता उत्सव मनाउने चलनमा सकारात्मक परिवर्तन देखिन थालेको छ । यस्ता उत्सवमा महङगा होटल , रेष्टुरेण्ट , रिसोर्ट , पार्टी प्यालेश वा घरमै निक्कै तामझाम गरि भोजभतेर गर्न छाडेर अहिले युवा पुस्ताले आफनाो जन्मदिन वा बैवाहिक वर्षगाँठ समाज सेवा गरेर मनाउन थालेका छन् ।
यसैक्रममा पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ५ पचरुखी स्थित स्वास्थ चौकीमा कार्यरत स्वास्थ्यकर्मी विकास महतोले आफ्नो जन्मदिन वीरगन्ज स्थित मानव सेवाआश्रममा मनाएका छन् । महत्तोले मानव सेवा आश्रममा खाद्यान्न लगायतका सामाग्री सहयोग गर्दै त्यहा आश्रीत रहेकाहरुसंग आफनो जन्मदिन मनाएका हुन् ।

महतोले आफ्नो जन्मदिनको अवसरमा मानव सेवा आश्रममा करिब पाँच हजाार रुपैया मुल्य बराबरको खाद्यान्न र सरसफाइमा प्रयोग हुने सामाग्री सहयोग गरेका हुन् ।जन्मदिनमा तडक भडक गर्नु भन्दा सडकमा कष्टकर जिवन बिताइरहेका बेसाहारा आमाबाबुलाई आफ्नै परिवारको सदस्य सरह सेवा दिरहेको आश्रमलाई थोरै सहयोग गर्न पाउदा आफुलाइ आत्मसन्तुष्टि मिलेको महतोले बताए ।
मानव सेवा आश्रम प्रदेश २ का संयोजक देवेश मानव सेवाले पछिल्लो समय युवा पुस्ताहरुले जन्मदिन वा बैवाहिक वर्षगाँठ मनाउने चलनमा सकरात्मक परिवर्तन देखिएको बतााए । उनले युवा पुस्ता मात्र नभइ अन्य उमेर समुहकाहरुले पनि यस्ता उत्सवहरु मनव सेवा आश्रममै आएर आश्रीतहरुसंगै मनाउने गरेको र आश्रमलाइ सहयोग पनि गर्ने गरेको बताए ।

