Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा हिन्दुवादी नेता राजपुतकाे रिहाइको माग गर्दै प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन

वीरगन्ज,०३पुस:जेनजी आन्दोलनमा वीरगन्जका मेयर राजेशमान सिंहको घरमा आगजनी गरेको आरोपमा पक्राउ परेमा हिन्दुवादी नेता रन्जन सिंहकाे रिहाईकाे माग गर्दै युवाहरुले प्रदर्शन गरेका छन्।जिल्ला प्रहरी कार्यालय पर्सा अगाडिकै सडकमा उनिहरुले टायर बालेर प्रदर्शन गरेका हुन्।

 

राजपुतलाई तत्काल बिना शर्त रिहा नगरिए अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत उनिहरुले दिएका छन्।राजपुत निर्दाेष रहेकाे उनिहरुकाे दाबी छ।

भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा वीरगन्जमा सार्वजनिक र निजी सम्पतिमा गरिएको आगजनीको घटनामा संलग्नहरूलाई प्रहरीले बिहीबारदेखि पक्राउ गर्न सुरु गरेको हाे। यसै क्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको वीरगन्ज महानगरपालिका-३ स्थित घरमा आगजनी गरेको आरोपमा वीरगन्ज महानगरपालिका-९ रानीघाटका अन्दाजी ४० वर्षीय रञ्जन सिंह राजपुतलाई प्रहरीले पक्राउ गरेकाे हाे । उनलाई सोधपुछका बहानामा बिहीबार बिहान जिल्ला प्रहरी कार्यालयमा प्रहरीले बोलाएको थियो। त्यही क्रममा उनलाई नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखिएको पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए।

 

मेयर सिंहले आफ्नो निजी घरमा तोडफोड, आगजनी र लुटपाट गर्नेहरु विरुद्ध किटानी जाहेरी दिएपछि पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको र त्यसैका आधारमा बिहीबार बिहान राजपुतलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको पाठकले बताए।

जेजनी आन्दोलनका क्रममा भदौ २४ गते वीरगन्जमा वीरगन्ज महानगरपालिकाको कार्यालय, वडा नम्बर १०, १४ र २६ को कार्यालय, प्रहरी चौकी रानीघाट, अस्थायी प्रहरी पोस्ट घण्टाघर र शिव पार्वती मठ, आन्तरिक राजस्व कार्यालय, नेपाल टेलिकमको कार्यालय, नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट गरिएको थियो।

 

त्यही दिन वीरगन्ज महानगरका मेयर राजेशमान सिंह, पूर्वमन्त्रीहरु प्रदीप यादव, अजय चौरसिया र राजकुमार गुप्ता, मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको निजी घरमा तोडफोड, आगजनी र लुटपाट गरिएको थियो।

Related posts

पर्सामा १ सय ५० भन्दा बढी भुमीहीनले लालपुर्जा पाउने

MadhesKhabar

देशभरका ११ उपमहानगरमा कलैया प्रथम

MadhesKhabar

वीरगन्जका सडकमा रहेका कुकुरहरुलाई चिसोबाट जोगाउन खोरहरुमा राखियो न्यानो चकटी

MadhesKhabar

Leave a Comment