Madhes Khabar
स्थानिय हेडलाइन

जेनजी आन्दोलनमा वीरगन्जका मेयरको घरमा आगजनी गरेको आरोपमा एक जना पक्राउ

तस्बिर : पक्राउ परेका रन्जन सिंह राजपुत । तस्बिर : उनको फेसबुकबाट

वीरगन्ज,३ पुसः भदौं २३ र २४ मा जेनजी आन्दोलनका क्रममा वीरगन्जमा सार्वजनिक र निजी सम्पतिमा गरिएको आगजनीको घटनामा संलग्नहरुलाई प्रहरीले पक्राउ गर्न सुरु गरेको छ ।

जेनजी आन्दोलन भएको तीन महिनापछि मात्रै जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक र निजी सम्पतिमा आगजनी गर्नेहरुलाई पक्राउ गर्न थालेको हो । यसैक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको वीरुगन्ज महानगरपालिका वडा नम्बर ३ स्थित घरमा आगजनी गरेको आरोपमा एक युवकलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ९ रानीघाटका अन्दाजी ४० वर्षीय रञ्जन सिंह राजपुत रहेका छन् ।

उनलाई सोधपुछका बहानामा बिहीबार बिहान जिल्ला प्रहरी कार्यालयमा प्रहरीले बोलाएको थियो । त्यहि क्रममा उनलाई नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखिएको पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए ।मेयर सिंहले आफ्नो निजी घरमा तोडफोड, आगजनी र लुटपाट गर्नेहरुविरुद्ध किटानी जाहेरी दिएपछि पर्सा जिल्ला अदालतबाट पक्राउ पूजी जारी भएको र त्यसैका आधारमा बिहीबार बिहान राजपुतलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको पाठकले बताए ।

जेनजी आन्दोलनका क्रममा भदौं २४ गते वीरगन्जका सरकारी कार्यालय र निजी घरहरुमा तोडफोड, आगजनी र लुटपाट गरिएको घटनामा संलग्नमध्येका १२ देखि १५ जनाविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएको प्रहरी श्रोतले जानकारी दिएको छ ।

बिहीबार नियन्त्रणमा लिइएका राजपुतविरुद्ध आपराधिक उपद्रो कसूरमा मुद्धा दर्ता भएको जानकारी प्रहरी उपरीक्षक पाठकले जानकारी दिए ।

जेजनी आन्दोलनका क्रममा भदौं २४ गते वीरगन्जमा वीरगन्ज महानगरपालिकाको कार्यालय, वडा नम्बर १० , १४ र २६ को कार्यालय, प्रहरी चौकी रानीघाट, अस्थायी प्रहरी पोष्ट घण्टाघर र शीवपार्वती मठ, आन्तरिक राजस्व कार्यालय, नेपाल टेलिकमको कार्यालय, नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट गरिएको थियो ।

त्यहि दिन वीरगन्ज महानगरका मेयर राजेशमान सिंह, पूर्वमन्त्रीहरु प्रदीप यादव, अजय चौरसिया र राजकुमार गुप्ता, मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्धी, नेपाली कांग्रेसका केन्द्रिय सदस्य अनिल रुंगटाको निजी घरमा पनि लयमा तोडफोड, आगजनी र लुटपाट गरिएको थियो ।

Related posts

पर्सामा मतदान केन्द्रको तैयारी अन्तिम चरणमा

MadhesKhabar

वीरगन्ज महानगरको १४ औँ अधिवेशन : चालु आर्थक वर्षकाे बजेट २५ करोड बढ्यो

MadhesKhabar

पर्सामा एसपी ढुंगेल आउँदै , शाहकाे काठमाडौंमा सरुवा

MadhesKhabar

Leave a Comment