Madhes Khabar
स्थानिय हेडलाइन

पर्सामा एसपी ढुंगेल आउँदै , शाहकाे काठमाडौंमा सरुवा

वीरगन्ज,२फाल्गुन:पर्साका प्रहरी उपरीक्षक(एसपी) काेमल शाहकाे सरुवा भएकाे छ।प्रहरी प्रधान कार्यालयले मंगलबार ७८ जना प्रहरी उपरीक्षकहरुकाे एकसाथ सरुवा गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक शाहकाेपनि सरुवा भएकाे हाे।

विगत एक वर्षदेखि पर्सामा कार्यरत शाहकाे प्रहरी प्रधान कार्यालय इन्टरपाेल शाखा नक्साल काठमाडौंमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले मंगलबार जारी गरेकाे सरुवाकाे सुचनामा उल्लेख छ।

यस्तै पर्सामा शाहकाे ठाउँमा अब प्रहरी उपरीक्षक कुमाेध ढुंगेल आउने भएका छन् ।हाल जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी उपरीक्षक ढुंगेल प्रहरी प्रधान कार्यलयले जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा गरेको हाे ।

 

Related posts

चैती छठ पर्ब आजदेखि सुरु

MadhesKhabar

एसईईको नतिजा शुक्रबारसम्म

MadhesKhabar

पर्सामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनबाट १ करोड ५० लाख बढी राजश्व संकलन

MadhesKhabar

Leave a Comment