वीरगन्ज,२९कात्तिक : साहित्यकार तथा लेखक अनिता साहद्वारा भोजपुरी भाषामा लिखित ‘गुजर रहल बा जिन्दगी’ नामक कविता संग्रह पुस्तकको शनिबार विमोचन गरिएको छ ।शनिबार आयोजित कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उक्त पुस्तकको विमोचन गरेका हुन् ।
पुस्तक विमोचन कार्यक्रममा बोल्दै मेयर सिंहले भोजपुरी भाषामा लेखीएको ‘गुजर रहल बा जीन्दगी’ कविता संग्रहले भोजपुरी भाषाको विकासमा टेवा पुर्याउले विश्वास व्यतm गरे ।मेयर सिंहले यस्ता रचनालाई गायनको माध्यमबाट पनि भोजपुरीको प्रचारप्रसार गर्न आवश्यक रहेकोमा जोड दिए । उनले भोजपुरी भाषा र संस्कृतीको विकासका लागि सक्दो सहकार्य गर्न तत्पर रहेको बताउँदै जेनजी आन्दोलनको बेला भएको क्षतीका कारण आफुले चाहेको जति गर्न नसकेको तर अझपनि हरसम्भव भाषा संस्कृतीको विकासका लागि लागि परेको बताए ।
वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अरबिन्दलाल कर्णले घरदेखि बाहिरसम्मका जिम्मेवारी भएपनि त्यती जिम्मेवारीका बावजुद यस्ता कृती सिर्जना गर्नु महिलाहरुको महान कार्य भएको बताए ।कर्णले यस कविता संग्रहकी लेखिका आफु पनि गृहणी , कन्या स्कुलकी प्रधानाध्यापिका , भोजपुरी प्रतीष्ठान वीरगन्जकी अध्यक्षको जिम्मेवारीसंगै यस्तो राम्रो स्थानीय भाषामा कविता रचना गरी पुस्तक समेत निकाल्नु चानचुने कुरा नरहेकोमा प्रशंसा गरे ।
कार्यक्रममा भारतका हिन्दी साहित्यकार डाक्टर हरेन्द्र हिमकरले भोजपुरी भाषाको विकासमा यो कृतीले महत्वपुर्ण टेवा पुगेको र यस कविता संग्रहलाई भाषाप्रेमीहरुले वीरगन्ज लगायत अन्य स्थानको कुना कप्चासम्म पुर्याउन आग्रह गरे ।
कार्यक्रममा लेखक प्रमोद पाण्डेले कविता संग्रहको समिक्षा गर्दै भोजपुरी भाषामा रचित उतm कविता संग्रह लेखेकोमा लेखीका अनिता साहलाई बधाई दिदै यसलाई निरन्तर दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा भोजपुरी प्रसतष्ठानका सदस्य सर्वजित पासवाले साहद्वारा लेखीएको कविता संग्रहका केही कविताहरु ऋाफ्नो गायन मार्फत प्रस्तुत गरेका थिए भने साहित्य शैलिमा युवा साहित्यकार रितु राजले प्रस्तुत गरेका थिए ।साथै कन्या स्कुलकी छात्रा आन्या परविनले कविता पढेर सुनाएकी थिईन् भने अध्वेशमान श्रेष्ठले भोजपुरी भाषामा गीत गाएका थिए ।

प्रतिष्ठानकी अध्यक्ष अनिता साहको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका सदस्य आमोद गुप्ताले गरेका थिए भने कार्यक्रम सञ्चालन माधुरी महतोले गरेकी थिईन् । कार्यक्रममा वीरगन्ज महानगरपालिका– ८ का वडाध्यक्ष रितेश गुप्ता , नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुव सिँह ठकुरी,पूर्व सांसद रामचन्द्र साह , साहित्यकार अस्मिता पटेल , साहित्यिक चौतारी नेपालकी गीता भण्डारी , साहित्यकार सतिष सजल , भोजपुरी प्रतीष्ठान बाराका अध्यक्ष मोतीउर रहमान , प्राध्यापक सचितानन्द सिंह, कार्यक्रममा पत्रकार श्याम सर्राफ, भोजपुरी प्रतीष्ठानका सल्लाहकार दिनेश गुप्ता, सदस्य मुकेश महतो, अमित अग्रवाल लगायतकाकोपनि सहभागिता थियो ।

