Madhes Khabar
साहित्य

भोजपुरी भाषामा लेखिएका दुइ पुस्तकको वीरगन्जमा विमोचन

मधेसखबर
वीरगन्ज , २१ साउन : भोजपुरी भाषामा लेखिएका दुइ पुस्तकको शनिबार वीरगन्जमा विमोचन गरिएको छ ।नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्ब सदस्य एंव गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकाको भोजपुरी भाषाका साहित्यकार दिनेश गुप्ताले भोजपुरी भाषमा लेखेका सुतल अब ठिक नैखे नामक गजल संग्रह र हिरोशिमा नामक हाइकु संग्रहको विमोचन गरिएको हो ।

वीरगन्जको कलवार कल्याण समितिको अतिथी सदनमा शनिबार बिहान आयोजित कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत , वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह लगायतकाले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अथिती मुख्यमन्त्रि लालबाबु राउतले भोजपुरी भाषाको उत्थानमा लाग्नुपर्नेमा जोड दिदैँ साहित्य समाजको दर्पण भएकोले यसमा कलम चलाउने व्यक्तित्वलाई सदैव सम्मान गर्नुपर्ने बताए ।

तराई मधेशको भोजपुरी , मैथिली ,अवधी लगायतका विभिन्न भाषाभाषीको बसोबास रहेकोले यी भाषालाई संरक्षण गर्ने उद्देश्यले करीब ५ करोड बजेट विनियोजन गरी भाषा संरक्षण अभियान थालिएको मुख्यमन्त्रि राउतले बताए ।

यस्तै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिँहले लेखक दिनेश गुप्ताले लेखे जस्तै अब हरेक तवरबाट सचेत हुने बेला आएको बताए । उनले अबको दिनमा भोजपुरी भाषालाई बलियो रुपमा प्रस्तुत गर्ने र प्राथमिकता दिन आवश्यक रहेको औल्याएँ ।

भाषाको नाममा पनि विभिन्न समुह , संघ संस्था अनावश्यक रुपमा खोलिएको भन्दै उनले भोजपुरी भाषाको संरक्षणको लागि लाग्नुपर्ने भए सबै संस्था एकजुट भएर अगाडी बढ्नुपर्नेमा जोड दिए ।

भोजपुरी भाषा आफ्नो जन्म र कर्म भाषा भएको र तथा कुल १७ प्रतीशत जनता भोजपुरी भाषा नै बोल्ने गरेकोले यसको संरक्षण सर्वद्धनका लागि नगरपालिकाको तर्फबाट सक्दो साथ र सहयोगको प्रतीबद्धता समेत उनले जनाए ।

फरक प्रसंगमा मेयर सिँहले कुनै पनि कार्यको लागि नेतालाई मात्रै दोष दिने सोच तथा प्रवृतीमा पनि परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । उनले नेतालाई विगार्ने वा सच्याउने काम जनताले नै गर्ने भएकोले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।


यसैगरी कार्यक्रममा साहित्यकार गणेश लाठले कुनै पनि साहित्यकारको अहोरात्रको लगन र जुनुनले लेख ,रचना ,गजल लगायतका लेखाई तैयार हुने भएकोले साहित्यकार एव् लेखक दिनेश गुप्ताले लेखेका यी २ किताब अवश्य एकपटक पढ्न सबैमा अनुरोध गरे ।

उनले आफ्नो मातृभाषाको संरक्षणमा गरीएको यो प्रयासमा साथ दिन सबैमा अपिल समेत गरे ।

ध्रुव सिँह ठकुरीको अध्यक्षतामा भएको पुस्तक विमोचन कार्यक्रममा  नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष गणेश लाठ , वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर सुबोध गुप्ता , नेपाल भोजपुरी प्रतिष्ठानका अध्यक्ष उमाशंकर द्धिवेदी,वरीष्ठ साहित्यकार तथा वरीष्ठ खण्डकाव्य रामबोलाको रचयिता डाक्टर हरीन्द्र हिमकर , वरीष्ठ लेखक विकाउ गिरी, प्राध्यापक डाक्टर दिपक शाक्य लगायतको पनि उपस्थिती रहेको थियो ।

Related posts

आर्थिक नगरी वीरगन्जमा आयोजना हुदैं ‘मधेस साहित्य महोत्सव’

MadhesKhabar

वीरगन्जका विधालयमै पुगेर भोजपुरी कला संस्कृती बारे सचेतना फैलाउदै भोजपुरी समाज

MadhesKhabar

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

MadhesKhabar

Leave a Comment