Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा प्रहरीद्वारा छापा मारेर चार कराेड ७७ लाख बढीकाे १८०० बाेरा सुपारी बरामद

वीरगन्ज,३पुस:राजस्व छलेर भित्र्याइएकाे आशंकामा वीरगन्जबाट प्रहरीले करिब ४ कराेड ७७ लाख ४० हजार रुपैयाँ मूल्य बराबरको १८०० बाेरा सुपारी बरामद गरेकाे छ।

 

वीरगन्ज महानगरपालिका वडा नम्बर २ बाइपास सडकस्थित निशान्त राेनावतकाे उद्योगकाे गाेदाम र गाेदाम अगाडि रहेकाे दुई वटा कन्टेनर गाडीबाट बिहीबार प्रहरीले १८०० बाेरा सुपारी बरामद गरेको हाे।

 

तेस्रो मुलुकबाट वीरगन्ज भन्सार नाका हुँदै भित्र्याइएकाे उक्त परिमाणको सुपारी महाेत्तरीकाे बर्दिवास पठाउनु पर्नेमा कन्टेनरबाट अनलाेड गरेर वीरगन्जको गाेदाममा भण्डारण गर्ने क्रममा प्रहरीले छापा मारेर बरामद गरेकाे पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकले जानकारी दिए।

 

प्रहरी उपरीक्षक पाठककै नेतृत्वमा खटिएको टोलीले गाेदाम अगाडि राेकेर राखेकाे ना ७ ख ७४२० र ना ४ ख ६८३२ नम्बरको कन्टेनर गाडीबाट ९०० बाेरा तथा गाेदामभित्र भण्डारण गरिएको ९०० बाेरा गरि कूल १८०० बाेरा सुपारी बरामद गरेकाे हाे।

ती दुवै कन्टेनर गाडीका चालकद्वय बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका-२० का ४१ वर्षीय रामभराेस महरा र जीतपुरसिमरा उपमहानगरकै वडा नम्बर १९ का ५१ वर्षीय रामप्रसाद यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक पाठकले जानकारी दिए।

 

बरामद सुपारीसहितका दुई वटा कन्टेनर गाडी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बिहीबार नै साँघ राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक पाठकले जानकारी दिए।

 

वीरगन्ज भन्सार नाका हुदैं भित्र्याइएकाे उक्त सुपारीकाे कागजातमा उक्त सुपारीकाे अन्तिम गन्तव्य स्थान महोतरी लेखेको उल्लेख रहेकाेमा सिधै महाेत्तरी नपठाई कन्टेनर खाेलेर गोदाममा भण्डारण गरेकाले शंकास्पद देखिएपछि प्रहरीले छापा मारेर नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक पाठकले बताए ।

 

उक्त सुपारी निशान्त रनावत नाम गरेका व्यपारीको रहेकाे र उनि सुपारी लगायतका सामानकाे अवैध काराेबार गर्ने व्याक्ति रहेकाे प्रहरी श्राेतले जनाएको छ।

प्रहरीले बरामद गरेकाे सुपारीकाे सम्पूर्ण कागजात वैध रहेकाे दाबी गरेपनि वीरगन्ज नाकाबाट राजस्व तिरेर भित्र्याएर अवैध रुपमा भारत निर्यात गर्ने तयारी गरिरहेकाे सूचनाकाे अधारमा प्रहरीले छापा मारेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Related posts

मधेसमा झिझियाँको रौनक

MadhesKhabar

वीरगन्जमा जथाभावी फोहर फाल्ने ३८९ जनालाई कारबाही गरि ९ लाख जरिवाना असुल

MadhesKhabar

पर्सामा ट्रयाक्टरको टेलरमा मोटरसाइकल ठोक्किदा १ जनाको घटनास्थलमै मृत्यु

MadhesKhabar

Leave a Comment