Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा जथाभावी फोहर फाल्ने ३८९ जनालाई कारबाही गरि ९ लाख जरिवाना असुल

वीरगन्ज,२१बैशाख : वीरगन्ज शहरको सरसफाई र सौन्दर्यकरणमा लागेको महानगरपालिकाले सडक, पेटी र नालामा फोहोर फाल्ने ३ सय ८९ जनालाई कारबाही गरि ९ लाख रुपैया भन्दा बढि जरीवाना असुल गरेको छ।

जथाभावी फोहोर फाल्नेहरु विरुद्ध कारबाही गर्ने अभियान नै चलाएको महानगरपालिकाले चार महिनाको अवधिमा ३ सय ८९ जनालाई कारबाही गरि जरिवाना बापत ९ लाख ११ हजार ५०५ रुपैयाँ रकम असुल गरेको महानगरको फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख सरफुदिन मियाँले जानकारी दिए ।

वीरगन्ज शहरलाई सफा र स्वच्छ राख्न सरसफाई र सौन्दर्यकरण अभियान अन्तर्गत महानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई नगद १ हजार देखि ५१ हजार रुपैयाँसम्म जरिवाना तिराउदै आएको छ ।महानगरको उक्त अभियानका कारण केहि समय सता वीरगन्ज शहर सफा र स्वच्छका साथै सुन्दरपनि देखिन थालेको वीरगन्जवासीहरु बताउछन् ।

 

Related posts

नेपालमा पुनः देखिन थाल्यो कोरोना संक्रमण

MadhesKhabar

तामाङ समुदायकाे आग्रहमा साेनाम ल्हाेछारमा ठाेरीमा ३ दिन विदा

MadhesKhabar

वीरगन्जबाट पैदल हिडेर दिल्ली पुगेका मुन्नाले भने : सबै नेपालीलाइ धन्यवाद

MadhesKhabar

Leave a Comment