Madhes Khabar
स्वास्थ्य हेडलाइन

नेपालमा पुनः देखिन थाल्यो कोरोना संक्रमण

फाइल तस्वीर

कैलाली,२चैत : सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण पुनः देखिन थालेको छ । कोरोना भाइरसको संक्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा संक्रमण देखिन थालेको छ ।

स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा ६ जनामा कोरोनाको संक्रमण देखिएको जनाएको छ । यो तथ्याङ्कमा केही दिन अघिका कोरोना संक्रमितको संख्यासमेत समेटिएको निर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घन्टमा तीन सय ९१ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको नमूना परीक्षण गरिएको थियो । कोरोनाको संक्रमण दर केही बढे पनि रोगले हुने मृत्यु दर भने शून्य छ ।

कोरोना भाइरसको समस्या देखिएयता हालसम्म सुदूरपश्चिममा छ लाख ३९ हजार चारसय ८८ को नमूना परीक्षण भइसकेको छ । यीमध्ये ६१ हजार आठ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।साभार:अनलाइनखबर

Related posts

वीरगन्ज महानगरद्वारा महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई स्मार्ट मोबाइल फोन वितरण

MadhesKhabar

हिउँदमा वीरगन्जमा लाेडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्छ : कुलमान घिसिङ

MadhesKhabar

एक साता भित्र वीरगन्जको मेनरोड फराकिलो हुने : मन्त्री राई

MadhesKhabar

Leave a Comment