Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्ज महानगरद्वारा महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई स्मार्ट मोबाइल फोन वितरण

वीरगन्ज,३०असारःवीरगन्ज महानगरपालिकाले वडाहरुमा काार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स्मार्ट मोबाइल फोन वितरण गरेको छ ।सोमबार महानगरपालिकाको सभाकक्षमा महानगरपालिकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको कार्यक्रममा महानगरका मेयर राजेशमान सिंहले महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई स्मार्ट मोबाइल फोन वितरण गरेका हुन् ।

सोमबारको कार्यक्रममा महानगरको वडा नम्बर १ देखि १६ सम्मका गरी ४२ जना महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई १/१ थान मोबाइल फोन सेट वितरण गरिएको स्वास्थ्य महाशाखाका प्रमुख राजु साहले जानकारी दिए । महानगरका ३२ वटै वडामा गरी १९८ जना महिला स्वास्थ्य स्वंसेविकाहरु कार्यरत रहेकोमा पहिलो चरणमा सोमबार १ देखि १६ नम्बर वडाका ४२ जनालाई मोबाइल फोन वितरण गरिएको उनले बताए ।बाँकी १७ देखि ३२ नम्बर वडाका महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई एक हप्तापछि मोबाइल फाोन वितरण गरिने जानकारी साहले दिए ।

वडाहरुमा कार्यरत महिला स्वास्थ्य स्वंयसेविकाहरुबाट प्रवाह भइरहेको स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउनका लागि उनिहरुलाई मोबाइल फोन वितरण गरिएको साहले बताए । साहले भने,‘महिला स्वास्थ्य स्वंयसेविकाहरु फिल्डमा खटिनुपर्ने हुन्छ । घरघरमा पुगेर गर्भवती महिलाको नियमित जाँचका लागि खबर गर्नु पर्ने हुन्छ । बच्चाहरुलाई खोप लगाउने समयका बारेमापनि खबर गर्नुपर्ने हुन्छ ।खोप लगाइसकेपछि त्यसको रिर्पोटिङ स्वास्थ्य चौकी र महानगरको स्वास्थ्य शाखामापनि गर्नु पर्ने हुन्छ । तीसबै काममा उनिहरुलाई सहज होस् भनेर मोबाइलल फोन वितरण गरिएको हो ।’

कार्यक्रममा वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले सिमित श्रोत साधन र न्युन पारिश्रमिकका बाबजुदपनि महिला स्वास्थ्य स्वंयसेविाकहरुले उत्कृष्ट सेवा प्रदान गरिरहेको भन्दै प्रशंसा गरे ।स्वास्थ्य सम्बन्धि सरकारी कार्यक्रम सफल बनाउन महिला स्वास्थ्य स्वंयसेविकाहरुको अहम भूमीका रहेको उनले बताए ।

दिनरात नभनि जनताको घरघरमा पुगेर स्वास्थ्य सेवा दिइरहेका महिला स्वास्थ्य स्वंयसेविकाहरुसंग संघ र प्रदेश सरकारले अन्याय गरिरहेकोपनि मेयर सिंहले बताए । त्यसैका कारण महिला स्वास्थ्य स्वंयसेविकाले पाउने भत्ता लगायतका सुविधामा महानगरपालिकाले केहि वृद्धि गरेको र यसलाई निरन्तरता दिदैं जाने उनले बताए । साथै उनले महानगरले वितरण गरेको मोबाइल फोनको दुरुपयोग नहोस् भन्नेतर्फ सजग रहनपनि आाग्रह गरे ।

मेयर सिंहकै अध्यक्षतामा भएको कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण,आर्थिक लेखा परिक्षण महाशाखाका प्रमुख हरिशंकर कुर्मी, जिन्सी शाखाका प्रमुख सुधिरजंग राणा, स्वास्थ्य महाशाखाका प्रमुख राजु साह,अधिकृत पतिज्ञा वैद्य लगायतकाकोपनि उपस्थिती थियो ।

Related posts

पर्सामा प्रहरीको ज्यादति : दलितले पालेका भैंसी तस्करीको भन्दै पक्राउ गरि लिलाम

MadhesKhabar

वीरगन्जको उदयपुरघुर्मीमा निःशुल्क शिविरबाट १ सय बढी महिला र बालबालिकालाई लाभान्वित 

MadhesKhabar

जीतपुरसिमरा उपमहानगरका पुर्व मेयर पाैडेल मृत फेला

MadhesKhabar

Leave a Comment