वीरगन्ज,२३साउनःवीरगन्ज महानगरपालिका वडा नम्बर १२ मूर्लीमा बुधबार निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।मूर्लीस्थित हरिहरनाथ मन्दिरको अतिथी सदनमा काँग्रेस नेता जवाहिर गुप्ताको पहलमा आयोजित उक्त शिविरमा महिला र पुरुष गरी २ सय जनाको आँखा परिक्षण गरिएको छ । तीमध्ये ५५० जनामा मोतियाबिन्दको समस्या भेटिएको थियो ।
शिविरमा वीरगन्ज सामुदायिक आँखा अस्पतालका स्वास्थ्यकर्मीले आँखाको जाँच गरेका थिए भने शिविरमा आएकाहरुलाई औषधि वितरणपनि गरिएको थियाो ।मोतियाबिन्दको समस्या भेटिएकाहरुको आँखाको शल्यकृयापनि निःशुल्क गरिने कांग्रेस नेता गुप्ताले जानकारी दिए ।
आँखा जाँच शिविरमा कांग्रेस नेताहरु अरविन्द गुप्ता,दिलिपराज कार्की,शंकर क्षेत्री,वडा सदस्य अनिता क्षेत्री,नेविसंघका नेता विकाश मण्डल लगायतकोपनि सहभागीता थियो ।

