Madhes Khabar
स्वास्थ्य

तलब–भत्ताको माग गर्दै गाैर अस्पतालमा चार दिनदेखि ओपिडी सेवा बन्द

राैतहट,१०माघ : राैतहटकाे सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पतालमा चिकित्सकले तलब–भत्ताको माग गर्दै ओपिडी सेवा बन्द गरेका छन्।

स्वास्थ्यकर्मीहरूले सेवा बन्द गरेपछि सर्वसाधारणले प्रादेशिक अस्पताल गौरबाट स्वास्थ्य सेवा लिन सकेका छैनन्। गौर अस्पतालमा विगत एक सातादेखि इमर्जेन्सीबाहेकका कुनै पनि सेवा सर्वसाधारणले पाउन सकेका छैनन्।

राजनीतिक खिचातानीको चपेटामा अस्पताल परेको भन्दै चिकित्सकले स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिँदै आएका थिए।

कांग्रेसनिकटका प्रदेश सांसद तथा नेपाली कांग्रेस मधेस प्रदेशका सभापति तथा मधेस प्रदेश सरकारका मन्त्री कृष्णप्रसाद यादवसहितको हस्तक्षेपका कारण विगत ६ महिनादेखि अस्पतालले विभिन्न समस्या झेल्नुपरेको चिकित्सकले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रादेशिक अस्पताल गौरमा कार्यरत स्वास्थ्यकर्मीले विगत ६ महिनादेखिको भत्ता र तीन महिनादेखिको तलब पाउन नसकेको भन्दै अस्पतालको इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरेका हुन्।

राजनीतिक हस्तक्षेपका कारण आफूहरूले अस्पतालको इमर्जेन्सीबाहेकको सेवा बन्द गर्नुपरेको डाक्टर गोपाल गुप्ताले जानकारी दिए। अस्पतालमा तलब–भत्ता नपाउनेदेखि लिएर विभिन्न समस्या रहेका कारण आफूहरू आन्दोलनमा उत्रनुपरेको डाक्टर गुप्ताको भनाइ छ।

प्रादेशिक अस्पताल गौरमा कार्यरत चिकित्सक तथा कर्मचारीले ओपिडी सेवा बन्द गरेपछि सर्वसाधारण स्वास्थ्य सेवा लिनका लागि चर्को शुल्क तिरेर निजी स्वास्थ्य केन्द्रमा जान बाध्य भएका छन्। उनीहरूले गएको ७ माघदेखि अस्पतालको ओपिडी सेवा बन्द गरेपछि सर्वसाधारणले प्रादेशिक अस्पताल गौरबाट ओपिडी सेवा लिन पाएका छैनन्।साभार:नयाँपत्रिकाबाट

Related posts

नेपालीका लागि खुशीको खबर : स्वास्थ्य बीमा रकम ५ लाख पुर्‍याउने तयारी

MadhesKhabar

ठोरी गाउँपालिकाका बिरामीले पनि ब्लड बैंकबाट पाउने भए निशुल्क रगत

MadhesKhabar

डेंगु रोगबाट सुरक्षित रहौं, रोकथाम गरौं, नियन्त्रण गरौं : डा.कमोद निराला

MadhesKhabar

Leave a Comment