Madhes Khabar
स्वास्थ्य

डेंगु रोगबाट सुरक्षित रहौं, रोकथाम गरौं, नियन्त्रण गरौं : डा.कमोद निराला

डाक्टर कमाेद निरालाकाे सल्लाह

डेंगुका मूख्य लक्षण, उपचार र बच्ने उपायहरू:

डेंगु रोग डेंगी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाईबाट मात्र सर्दछ ।
थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्दछ र यसको वृद्धि विकास हुन्छ
डेंगुका मूख्य लक्षणहरू

उच्च ज्वरो आउन

जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु

आँखाको गेडी दुख्नु

बेस्सरी टाउको दुख्नु

शरीरमा राता बिमिराहरू आउनु

वाकवाकी लाग्नु वा वान्ता हुनु

डेंगुबाट बच्ने उपायहरू:

एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने ।

आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने ।

घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।

बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने

पूरै शरिर ढाक्ने लुगा लगाउने ।

पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राखौं । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गरौं ।

काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन गर्ने ।

घर/विधालयको अध्याँरा कुना–काप्चा, जस्तैः पर्दा पछाडी, खाटमुनि, शौचालय भित्र, डेस्क/बेन्च मुनि आदि जस्ता ठाउँहरुमा किटनाशक औषधि छर्कने गरौं ।

कम्तिमा हप्ताको एक पटक ऐर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गरौं ।

लामखुट्टेले फुल पार्न सक्ने संभावित घर र विद्यालय भित्र र वरपरका पानी जम्ने सबै ठाउँहरू र पानी राख्ने भाडाँहरू खोजी खोजी सफा गरौं र लामखुट्टेको फुल नष्ट गरौं ।

डेंगुका लक्षणहरू देखिएमा के गर्ने ?

स्वास्थ्य संस्थामा गई चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह लिने ।

घरमै बसेर उपचार गर्ने सल्लाह दिएमा ज्वरो घटाउनका लागि र जीउ दुखेको कम गर्नकोलागी प्यारासिटामोल बाहेक ब्रुफिन र एस्प्रिन जस्ता अन्य औषधीको सेवन नगर्ने ।

अस्पताल भर्ना हुन सल्लाह दिएमा तुरुन्त भर्ना हुने ।

(चिकित्सकको सल्लाह नलिईकन कुनै पनि औषधी सेवन नगर्ने )

Related posts

सरकारी अस्पतालमा बिरामीले भाेग्ने समस्या अध्ययनका लागि मन्त्री यादवले गठन गरे समिति

MadhesKhabar

घुस मागेको आरोपमा पर्साका सहायक वन अधिकृत यादव निलम्बित

MadhesKhabar

मधेसमै उत्कृष्ट सेवा दिए बापत वीरगन्ज हेल्थकेयर हस्पिटल सम्मानित हुदैं

MadhesKhabar

Leave a Comment