Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

मधेसमा झिझियाँको रौनक

तस्वीर : अन्नपूर्णपोष्टबाट

मधेसखबर
वीरगन्ज,१५ असोज : मधेसमा अहिले झिझियाँ लोकगीतले उल्लास थपेको छ । दसैँ सुरु भएसँगै तराई मधेसका गाँउहरू झिझियाँमय हुन्छन् । २२ वर्षीया आरती साह यस वर्ष दसैँमा दैनिकजसो झिझियाँ बोकेर नृत्य प्रदर्शन गर्न घरघर पुग्ने गर्छिन् । ३४ वर्षीया समुद्री पासवानले नेतृत्व गरेको झिझियाँ नृत्यको उक्त समूहमा अन्य सात जना युवती छन् । सिरहा बजारमा घरघरमै पुगेर घरपरिवारमा कुदृष्टि नलागोस् भन्दै झिझियाँ नृत्य आफूहरूले पहिले देखि नै देखाउँदै आएको पासवानको भनाइ छ ।

मधेसमा अहिले झिझियाँ नृत्यले व्यापकता पाइरहेको छ । झिझियाँ लोकगीत भएकाले पनि यसमा उत्साहजनक सहभागिता हुने गरेको छ । यो गीत गाउँदा लोकबाजा ढोलपिपही बजाइन्छ । माटोको घैलामा सयौँ प्वाल पारिन्छ । प्वाल पारिएको घैलाभित्र बलिरहेको दियो राख्ने चलन छ । बलिरहेको दियोसहितको घैला टाउकोमा राख्दै नाच्ने गरिन्छ । सिरहाका प्राध्यापक चन्देश्वरप्रसाद यादव आफ्ना सन्तान र समाजको सुरक्षाका लागि झिझियाँ नृत्य सुरु भएको बताउँछन् । झिझियाँ नृत्य प्रदर्शनले कुदृष्टि नष्ट हुने विश्वास छ ।

झिझियाँ नृत्यको आफ्नै सुर र ताल हुन्छ । झिझियाँको गीतमा झुमी टाउकामा घैंटो राखेर चारैतिर फन्को मार्दै नृत्य गरिन्छ । अहिले झिझियाँ लोकनृत्य सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सासँगै सीमावर्ती भारतका विभिन्न स्थानमा समेत आयोजना गरिँदै आएको छ ।

लोकबाजा ढोलपिपही र लोकनृत्य झिझियाँलाई व्यापकता दिन फेस्टिबल नै आयोजना गर्ने चलन सुरु भएको छ । सन् २०१२ देखि यही परम्परालाई बढावा दिन सिरहा सदरमुकाममा फेस्टिबलकै आयोजना भयो । त्यसपछि फेरि गाउँ र सहरसम्म यो नाचले व्यापकता पाउँदै गयो । अहिले दुर्गा मन्दिरपरिसरमा झिझियाँ प्रतियोगिताका निम्ति मञ्च निर्माण गरिन्छ । किशोरीहरू वेशभूषा र गरगहना लगाएर समूह बनाई प्रतियोगितामा सहभागी हुन्छन् । यस्तो चलनले मौलिक पहिरन र लोकनृत्यको जगेर्ना गर्न ठूलो मद्दत पुगेको युवा अभियन्ता जितेश कर्णको भनाइ छ । प्रतियोगितामा उत्कृष्ट हुने समूहलाई नगद, प्रमाणपत्र, ट्रफीजस्ता उपहार पनि प्रदान गरिन्छ ।

दसैँ नजिकिँदै जाँदा रोजगारी र शिक्षा आर्जन गर्न घरबाहिर रहेकाहरू आफ्नो घर फर्किन थालेका छन् । विद्यालय, कलेजलगायत शैक्षिक संस्था बन्द हुने भएकाले पनि विद्यार्थीहरू आफ्नो घर फर्किने गर्छन् । दसैँको लामो बिदाले गर्दा पनि यो नृत्यको रौनकता बढेको हुन सक्छ ।

झिझियाँ नृत्यको आफ्नै सुर र ताल हुन्छ । झिझियाँको गीतमा झुमी टाउकामा घैंटो राखेर चारैतिर फन्को मार्दै नृत्य गरिन्छ । अहिले झिझियाँ लोकनृत्य सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सासँगै सीमावर्ती भारतका विभिन्न स्थानमा समेत आयोजना गरिँदै आएको छ । साभार : नयाँपत्रीका

Related posts

बेचविखनमा परेकाहरुको उद्दार तथा फिर्तीमा कठीनाईः सरोकारवालाको भनाई

MadhesKhabar

बाराको पचरौता नगरपालिकाकाले एमबीबीएस पढ्ने दुई विद्यार्थीलाइ दियो जनही १० लाख

MadhesKhabar

आजदेखी निर्वाचन सम्पन्न नहुञ्जेलसम्म मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा

MadhesKhabar

Leave a Comment