Madhes Khabar
स्थानिय हेडलाइन

लिपुलेक नेपालको भूमि हाे, चीन र भारतले गरेकाे सहमतिप्रति हाम्राे आपत्ति छ : गृहमन्त्री लेखक

वीरगन्ज,१६भदाैं:गृहमन्त्री रमेश लेखकले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै भूमि भएकाे दाेहाेर्याएका छन्।साेमबार वीरगन्जमा नेपाल प्रेस युनियन पर्साले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले नेपालको भूभाग लिपुलेकलाई भारत र चीनले द्वीपक्षीय व्यापार नाका बनाउने गरी गरेको सम्झाैताप्रति प्रधानमन्त्री केपी ओलीले जनाएको आपत्ति सही भएको बताए ।

गृहमन्त्री लेखकले भने,`चीन-भारतले गरेको उक्त सम्झाैताप्रति हाम्राे आपत्ति छ।प्रधानमन्त्री ओेलीकाे अडान सही छ।´

लिपुलेक,लिम्पियाधुरा र कालापानी नेपालकाे भूमि हाे भनेर भन्दा कुनै छिमेकी मुलुकसंगकाे सम्बन्ध नबिग्रिने भन्दै उनले भने,`नेपालकाे भूमि हाम्राे हाे भनेर भन्दा कसैले चित्त दुखाउन जरुरी छैन ।यसाे भन्दा कुनैपनि छिमेकी देशसंग नेपालकाे सम्बन्ध बिग्रिदैन।´

गृहमन्त्री लेखकले नेपालकाे नाका हुँदै पाकिस्तानका आतंकवादी भारतमा छिरेकाे हल्लामा सत्यता नभएकोपनि दाबी गरे ।उनले भने,`केहि दिन अघि पाकिस्तानका ३ आतंकवादी नेपाल आएर भारतमा प्रवेश गरेकाे जुन हल्ला चलाइयाे,त्याे सत्य हाेइन।उनिहरु मलेशिया गएकाे देखिन्छ ।´
छिमेकी मुलुक भारत र चीनविरुद्धकाे गतिविधिका लागि नेपालीको भूमि प्रयाेग हुन नदिने उनले प्रष्ट पारे।

गृहमन्त्री लेखकले अहिलेकाे संविधान खतरामा रहेकाले त्यसको रक्षामा सरकार लागेको बताए ।संविधान र लाेकतन्त्रलाई उल्ट्याएर देशमा राजा वा राजतन्त्र फर्काउने गतिविधि बेलाबेलामा भइरहेकोले संविधान र लाेकतन्त्र खतरामा रहेकाे उनले बताए ।

गृहमन्त्री लेखकले कांग्रेस र एमाले गठबन्धनको सरकारकाे अहिलेसम्मकाे १३ महिने कार्यकाल सफल रहेकाे दाबीपनि गरे।सरकारकाे स्थिरताकाे मुख्य एजेन्डा बनाएर दुई ठूला दलकाे सत्तासमिकरण बनेकाे भन्दै उनले भने,`सरकारले स्थिरता पाएकाे छ,विगतका वर्षका तुलनामा अर्थतन्त्र लयमा फर्किन थालेकाे छ,मुलुकका शान्ति सुरक्षाकाे अवस्था राम्रो छ ।यीसबले सरकार सफल भएको पुष्टि हुन्छ।´

 

फरक प्रसंगमा गृहमन्त्री लेखकले वीरगन्जमा हैजाकाे संक्रमण नियन्त्रण उन्मुख रहेकाे जानकारी पनि गराए।हैजाले प्रभावित वीरगन्जको अवस्था बुझ्नकै लागि आफू गत शनिबार यहाँ आएकाे बताउँदै उनले भने,`यहाँ आएर मैले ३ वटा अस्पतालमा पुगेर बिरामी र डाक्टरहरुसंग भेटेर कुरा गरे।बिरामीहरुले राम्रो उपचार पाइरहेकाे भनेका छन्।डाक्टरले संक्रमण नियन्त्रण उन्मुख छ भनेका छन्।´ उनले हैजाकाे संक्रमण फैलनुकाे कारण पत्ता लगाउन विज्ञ र विशेषज्ञसहितकाे टाेली परिचालन गरिने बताए ।

 

प्रेस युनियन पर्साका अध्यक्ष विजय चाैहानकाे अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटा,मधेस प्रदेशका कृषिमन्त्री जनार्दन सिंह क्षेत्री,पूर्वमन्त्री सुरेन्द्रप्रसाद चाैधरी र ओमप्रकाश शर्मा लगायतकाकाेपनि उपस्थिति थियाे।

Related posts

नागरिकप्रति उत्तरदायी भएर काम गर्न खानेपानी मन्त्री यादवकाे निर्देशन

MadhesKhabar

राष्ट्रिय खेलकुद प्रतियोगितामा पर्साको किर्तिमानी सफलता ,कुश्ती खेलाडीले जिते ३ स्वर्ण सहित १० पदक

MadhesKhabar

वीरगन्जमा धार्मिक सहिष्णुता कायम राख्न निकालियो ‘सदभाव रयाली’ (फोटो फिचर)

MadhesKhabar

Leave a Comment