Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्जको नबिल बैंकबाट १ कराेड बढी रकम चाेरी प्रकरण : अहिलेसम्म ४ जना पक्राउ

वीरगन्ज,१८बैशाख:वीरगन्जकाे नबिल बैंकको बाइपास शाखाबाट १ करोड ३४ लाख ६५ हजार चोरी भएकाे घटनामा संलग्न रहेकाे आराेपमा प्रहरीले एक भारतीय सहित चार जनालाई पक्राउ गरेको छ।

चाेरीमा संलग्न रहेकाे आशंकामा मंगलबार साँझसम्म प्रहरीले नेपाल र भारतका विभिन्न स्थानबाट चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका एक प्रहरी अधिकारीले बताए ।अहिलेसम्म पक्राउ पर्नेमा रौतहटकाे बुधरामका सन्जय जयसवाल ,छोटेलाल जयसवाल,भारत बिहारको घोडासनका मन्टु पासवान र अर्को एक व्यक्ति पक्राउ परेका छन्।

`घटनामा संलग्न रहेकाे आंशकामा केहि संशकित व्याक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छाैं´ती प्रहरी अधिकारीले भने,`यकिन भइसकेपछि उनिहरुलाई सार्वजनिक गर्छाैं।´

ती प्रहरी अधिकारीका अनुसार बैंकबाट चोरी गरिएको सबै रकम चाेरहरुले भारतमा पुर्याइसकेका छन्।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार चाेरहरुले आइतबार वीरगन्जको नयाँ बसपार्कस्थित पार्क होटलमा छोटेलाल जयसवालको नाममा कोठा बुक गरेर बसेका थिए।

बाइपास राेडमा रहेकाे नबिल बैंककाे शाखाबाट गत आइतबार राति चार जनाकाे संख्यामा रहेका चाेरहरुकाे समुहले मूल गेटकाे ताल्चा फाेडेर भित्र प्रवेश गरी टिनकाे बाक्सामा रहेकाे १ सय र २० रुपैयाँको नाेट गरी १ कराेड ३४ लाख ६५ हजार रुपैयाँ चाेरेर लगेकाे बैंककाे सिसिटिभीकाे फुटेजमा देखिएकाे छ।

Related posts

पर्सा राष्ट्रिय निकुञ्ज आसपासका गाँउमा जंगली जनावरकाे त्रास

MadhesKhabar

पानीको संकट समाधानका लागि वीरगन्जमा सर्वपक्षीय छलफल : सहकार्य र दीर्घकालीन समाधानमा जोड

MadhesKhabar

नारायणी रंगशालालाई राष्ट्रिय गौरबको योजनामा राखिएन भने आन्दोलन गर्ने सांसद यादवको चेतावनी

MadhesKhabar

Leave a Comment