Madhes Khabar
स्थानिय हेडलाइन

माइस्थानको सडकमा सवारीसाधन प्रवेशमा लगाइएको रोक हटाउन व्यपारीहरुको माग

मधेसखबर
वीरगन्ज,१३ मंसिर : वीरगन्जको माइस्थान स्थित गहवा माई मन्दिर देखि मुख्य सडकको चोक सम्मको क्षेत्रमा रहेका घरधनी र व्यपारीहरुले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका बुझाएका छन् ।

मन्दिर देखि मुख्य चोक सम्मको सडकमा सौन्दर्यकरण गरेपछि महानगरपालिकाले दशैं यता सबै खाले सवारीसधानको प्रवेशमा रोक लगाएको छ ।उक्त सडकमा सवारीसाधनको प्रवेशमा रोक लगाउदा आफुहरुको व्यपार व्यवसाय नै चौपट भएकाले उक्त प्रतिबन्ध हटाउन पहिल गरि दिन माग गर्दै त्यहाका व्यपारी र घरधनीहरुले मङगलबार प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाइ ज्ञापनपत्र बुझाएका हुन् ।

मल आुपिर्तको सहज व्यवस्थापनका लागि मङगलबार बिहान जिल्ला प्रशासन कार्यालय पर्सामा भएको छलफलमा सहभागी पर्सा २ का नवनिर्वाचित सांसद अजय चौरसिया , प्रदेशसभा सदस्यद्वय श्याम पटेल र रमेश कुर्मी  उपसिथतीमा माइस्थानका व्यपारी र घरधनीहरुले प्रजिअ ढकाललाई ज्ञापनपत्र बुझाएका हुन् ।

 

माइस्थान स्थित सडक र पेटिको सौन्दर्यकरण पछि महानगरपालिकाले दर्शनार्र्थी र भक्तजनको सहजताका लागि त्यहा सबै खाले सवारीसाधनको प्रवेशमा रोक लगाएको छ । तर यसले ग्राहकहरु आउनै छाडेको र आफुहरुको व्यपार व्यवसाय चौपट भएको त्यहाका पसलेहरुको गुनासो छ । यस्तै आफना सवारीसधान घर सम्म पनि लग्न नपाएको घरधनीहरुको गुनासो छ । यदि सवारीसाधन प्रवेशमा लगाइएको रोक नहटाइए पसल नै बन्द गर्नु पर्ने अवस्था आइसकेको उनिहरुको दुखेसो छ ।

ज्ञापन–पत्र बुझ्दै प्रजिअ ढकालले यस बारेमा महानगरपालिकासंग कुरा गर्ने आश्वासन दिए ।

Related posts

विद्यालय सुचारु नगरे आन्दोलनरत शिक्षकलाई कारबाही गर्ने वीरगन्ज महानगरको चेतावनी

MadhesKhabar

वीरगन्जमा तरुण दल पर्साकाे कार्यक्रममा १२२ जनाले गरे रगत दान

MadhesKhabar

जिपि काेइराला फाउन्डेसन खाेलिएकाे कराेडाैंकाे जग्गा वीरगन्ज महानगरकाे स्वामित्वमा आयाे

MadhesKhabar

Leave a Comment