Madhes Khabar
राष्ट्रिय

यातायात कार्यालयका १७ कर्मचारी र ट्राफिकको मोबाइल अख्तियारले गर्‍यो जफत

काठमाडौं,१३माघःअख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालयका १७ कर्मचारी र ट्राफिक प्रहरीहरूको मोबाइल जफत गरेको छ ।

अख्तियार स्रोतका अनुसार यातायात व्यवस्था कार्यालय चाबहिल काठमाडौंका कार्यालय प्रमुख (नवौं) पेशलकुमार पोखरेलसहित १७ जना कर्मचारीको २५ मोबाइल जफत गरेको हो ।

त्यस्तै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत असई डोरहरि नेपालसहित ३ जनाको मोबाइल पनि नियन्त्रणमा लिइएको अख्तियारले जनाएछ ।नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालिका मेनेजर बालकृष्ण सिंहसहित ७ जनाको ९ थान मोबाइल जफत गरिएको छ ।

त्यसैगरी लिखित परीक्षा दिई फेल भएको मितिले ३ मिहना अवधि नपुग्दै पुनः परीक्षामा सहभागी भएका परीक्षार्थीहरूको उत्तरपुस्तिका पनि अख्तियारले जफत गरेको छ ।

चाबहिलका कार्यलय प्रमुखसहित अन्यको कर्मचारी, प्रहरीको मिलेमतोमा ५ हजारदेखि १० हजार लिई लाइसेन्सको लिखित परीक्षामा फेल भएकालाई पास बनाउने गरेको पाइएपछि अख्तियारले उनीहरूको मोबाइल जफत गरेको हो ।साभारःअनलाइनखबर

Related posts

भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पनि पक्राउ

MadhesKhabar

अबदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि साँझ ५ बजेसम्म

MadhesKhabar

३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन, रवि लामिछाने गृहमन्त्री

MadhesKhabar

Leave a Comment