Madhes Khabar
राष्ट्रिय हेडलाइन

३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन, रवि लामिछाने गृहमन्त्री

काठमाडौं ,११पुस:प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका हुन् ।

उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्हाल्नेछन् ।

मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन् । उनीहरुको कार्यभार पछि तोकिनेछ । ३ जना उपप्रधानमन्त्री र चारै जना मन्त्रीले सोमबार नै शपथ लिएका छन् ।साभार:अनलाइनखबर

Related posts

वीरगन्ज जेलका मुस्लिम कैदीबन्दीलाई इफ्तारी गर्न मेयर सिंहले दिए खाद्य सामग्री

MadhesKhabar

पटेर्वा सुगौलीमा दलित बालबालिकाहरुका लागि निःशुल्क ट्युसन कक्षा सञ्चालन

MadhesKhabar

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश पक्राउ

MadhesKhabar

Leave a Comment